नयाँ आइफोनहरुको नेपाली बजार मूल्य: कुन मोडलको कती ? (विशेषता र मुल्यसहित)

Posted on: 20 Nov, 2018

एप्पलले यहि वर्षको सेप्टेम्बरमा तीन वटा नयाँ आइफोनका मोडलहरु सार्वजनिक गरेको थियो | ती मोडलहरु थिए आइफोन XS, आइफोन XS म्याक्स र आइफोन XR | विश्व बजारमा केहि समय देखि नै उपलब्ध भइसकेका यी मोडलहरु हाल सम्म पनि नेपाली बजारमा आधिकारिक रुपमा आइसकेका छैनन् | नेपालका लागि आधिकारिक रुपमा इभोस्टोरले एप्पलका ग्याजेटहरु उपलब्ध गराउँदै आएको छ | आजको मितिमा इभोस्टोरको वेबसाइटमा भए अनुसार नयाँ एप्पल आइफोनको नेपाली बजार मूल्य यस प्रकारको रहेको छ :

आइफोन XR :

६४ जीबी : नेरु १,२१,५००

१२८ जीबी : नेरु १,२९,६००

२५६ जीबी : नेरु १,४५,८००

आइफोन XS:

६४ जीबी : नेरु १,६२,०००

२५६ जीबी : नेरु १,८६,०००

५१२ जीबी : नेरु २,१८,०००

आइफोन XS म्याक्स :

६४ जीबी : नेरु १,७८,०००

२५६ जीबी : नेरु २,०२,००० 

५१२ जीबी : नेरु २,३४,०००

आइफोन XS र XS म्याक्स का विशेषताहरु

दुईवटा १२ MP को मुख्य क्यामरा राखिएको छ जस मध्ये एउटाले चाहिँ जुमको लागि सहयाता पुर्याउने छ

७ MP को फ्रन्ट सेल्फी क्यामरा

धेरै सुधारिएको AMOLED डिस्प्ले

IP68 धुलो र पानी प्रतिरोधी

HDR डिस्प्ले

पहिलेको भन्दा फास्ट FaceID

एप्पलको नयाँ र पहिलेको भन्दा १५% फास्ट भएको Apple A12 Bionic प्रोसेसरको प्रयोग

६४ ,२५६ र ५१२ GB मोडल मा उपलब्ध र ४ GB RAM को प्रयोग

eSIM को प्रयोगबाट दुईवटा सिमको प्रयोग गर्न मिल्ने

Qi वायरलेस चार्जिंग

टच रेस्पोन्सलाई ६० Hz बाट बढाएर १२० Hz बनाइएको  - यसर्थ नयाँ आइफोनहरुमा द्रुत टच रेस्पोन्स हुने

यी आइफोनहरु सिल्भर, स्पेस ग्रे र गोल्ड गरि तीनवटा रंगमा उपलब्ध हुनेछ 

आइफोन XR को विशेषताहरु

६.१ इन्चको LCD डिस्प्ले

सिङ्गल १२ MP क्यामरा र ७ MP सेल्फी क्यामरा

पहिलेको भन्दा फास्ट FaceID

नयाँ र फास्ट Apple A12 Bionic प्रोसेसरको प्रयोग

६४, १२८ र २५६ GB का मोडलमा उपलब्ध र ३ GB RAM को प्रयोग

टच रेस्पोन्सलाई ६० Hz बाट बढाएर १२० Hz बनाइएको - यसर्थ नयाँ आइफोनहरुमा द्रुत टच रेस्पोन्स हुने

आइफोन XR निलो, कालो, पहेलो, कोरल र रातो रंगहरुमा उपलब्ध हुने छ |

IP67 धुलो र पानी प्रतिरोधी

Qi वायरलेस चार्जिंग 

नागरिक बजारबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!