मोबाइल हरायो ? मोबाइल १ मिनेटमै यसरी पत्ता लगाउनुहोस्

Posted on: 23 Nov, 2018

के तपाइ मोबाइल हराएर चिन्तित हुनुहुन्छ? यदी त्यसो हो भने अब यसरी १ मिनेटमै पत्ता लगाउनुहोस् तपाँइको मोबाइल कसले लग्यो भनेर। यो जानकारी सबैको लागि निकै नै महत्वपूर्ण रहेको छ किनकी अहिले हाम्रो दैनिक जीवनमा मोबाइल हामीलाई नभइ नहुने चीज जस्तै बनेको छ।

मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि थोरैबेर मात्रै आँखाबाट टाढा भयो भने पनि ठूलै समस्या झेल्नुपर्छ । मोबाइल कतिपय समयमा राखेको ठाउँ भूल्न सकिन्छ भने कतिपय समयमा हराउन पनि सक्छ । यदि तपाईंको मोबाइल फोन हरायो भने त्यो अहिले कहाँ छ भन्ने तुरुन्तै आफैँ पत्ता लगाउन सकिन्छ ।

त्यतिमात्रै कहाँ हो र तपाईंले त्यसलाई लक गरिदिन र त्यहाँ भएका डाटाहरु मेटाउन पनि सक्नुहुन्छ । तरिका निकै सजिलो छ ।यस्तो सुविधा तपाईंलाई गुगलले दिएको छ ।

१. सबैभन्दा अघि गुगलको होम पेज खोल्नुहोस् । त्यहाँ जिमेल आईडी लगइन गर्नुहोस्, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी होस् ।

२. त्यसपछि गुगल सर्च बक्समा गएर ‘Where’s my phone?’ सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ ।

३. यस म्यापमा केही सेकेण्डमा नै आफ्नो मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ । यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु मेट्ने अप्सन पनि प्राप्त हुन्छ ।

यद्यपी आईफोन युजरले भने यो ट्रिकबाट फाइदा लिन सक्दैनन् । तपाई‌ंको फोन अनिवार्य एण्ड्रोइड हुनु जरुरी छ । आईफोन का प्रयोगकर्ताले iCloud को मद्दतमा हराएको डिभाइस खोज्न सक्दछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!