चार लेन्स क्यामेरा भएको स्याओमी रेडमी नोट-६ प्रो नेपाली बजारमा (मूल्य सहित)

Posted on: 04 Dec, 2018

मङ्सिर १८, काठमाडौँ | अन्तर्राष्ट्रिय प्रविधिमा अग्रणी स्याओमीले पहिलोपटक नेपाली बजारमा क्वाड क्यामेरा सहितको रेडमी नोट सिक्स प्रो ल्याएकोछ । सर्वाधिक लोकप्रिय रेडमी नोट फाइव एआई लाई अपग्रेड गरी रेडमी नोट सिक्स प्रो नेपाली बजारमा आएको हो । यसमा १९:९ नट्च सहितको डिस्प्ले, डुअल सेल्फी क्यामेरा र थप सुधारिएको रियर क्यामेरा सेटअप छ ।

स्याओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर श्री सौरभ कोठारीले भन्नुभयो,“रेडमी नोटले उपभोक्ताहरुको विश्वास जित्न सफल भैसकेको छ । रेडमी नोट फाइव एआई शक्तिशाली डुअल क्यामेरा सहितको स्मार्ट फोन हो, जसले एमआई उपभोक्ताको विश्वास जितेको थियो र यसलाई उच्च प्रविधिसहित परिमार्जित गरी सिक्स प्रो ल्याएका हौं ।” 

रेडमी नोट सिक्स प्रो–क्वाड (चार लेन्स)  क्यामेरा, नट्च डिजाइन 

रेडमी नोट सिक्स प्रो, क्वालकोम स्न्यापड्रागनले आधुनिक तवरबाट डिजाइन गरेको हो । जसमा ६३६ अक्टाकोर प्रोसेसर, एआई पावर्ड क्वाड क्यामेरा सेटअप सहित दुई दिनसम्म चल्ने ४ हजार एमएएच ब्याटरी प्रयोग गरिएकोछ । यसमा उच्च गतिमा चल्ने एलपिडीडीआरफोरएक्स र्याम प्रयोग भएको यो फोन अत्यन्त शक्तिशाली छ । 

अकल्पनीय सेल्फीको अनुभव दिने रेडमी नोट सिक्स प्रोको अगाडि २० मेगापिक्सेल + २ मेगापिक्सेल एआई क्यामेरा जडित छ । जसले तपाईंले सजिलै पोट्रेट तस्वीर लिन सकिन्छ । १२ मेगापिक्सेल +५ मेगापिक्सेल एआई डुअल रियर क्यामेराले कम प्रकाश भएको ठाउँमा समेत सफा तस्वीर लिन सुविधा दिन्छ । नयाँ र रिफाइन्ड एआई पोट्रेट मोड २.० ले खिचिएको तस्वीरमा डाइनामिक बोक्हे इफेक्ट सहित लाइट ट्रेल र स्टुडियो लाइटिङ्ग जस्तै इफेक्ट हाल्न सकिन्छ ।

रेडमी नोट सिक्स प्रोमा १९:९ एसपेक्ट रेसियो र नट्च सहितको ६.२६ इन्च एफएचडी +आईपीएस डिस्प्ले रहेकोछ भने यसलाई कर्निङ्ग गोरिल्ला ग्लासले सुरक्षा दिएकोछ । ५०० निट ब्राइटनेसले चर्को घाममा पनि सजिलै स्क्रिन हेरी आफ्नो फोन चलाउन सकिन्छ ।

रेडमी नोट सिक्स प्रोको उत्कृष्ट डिजाइनले यसलाई आकर्षक बनाउनुका साथै यसको हाडब्रिड डुअल सिमस्लटबाट मेमोरी बढाउने सुविधा समेत रहेकोछ । रेडमी नोट सिक्स प्रोको हरेक उपभोक्ताले सफ्ट फोन कभर पाउन सक्नुहुनेछ ।

रेडमी नोट सिक्स प्रो ३ जीबी + ३२ जीबी र ४ जीबी + ६४जीबीमा उपलब्ध छ भने यसको मुल्य रु. २४,९९९/- र रु. २८,९९९/- रहेकोछ । 


रेडमी नोट सिक्स प्रोका मुख्य विशेषताहरुः

- ६.२६ इन्च नट्च सहितको डिस्प्ले

- २२८० ह १०८० रेजुलुसन (एफएचडी+)

- कर्निङ्ग गोरिल्ला ग्लास

- १२ मेगापिक्सेल + ५ मेगापिक्सेल डुअल रियर क्यामेरा

- एफ/१.९ एपेरेचर

- १.४ माइक्रोमिटर पिक्सेल

- बोक्हे, लाइट ट्रेल र स्टुडियो लाइटिङ्ग इफेक्ट सहितको एआई पोट्रट

- २० मेगापिक्सेल + २ मेगापिक्सेल डुअल फ्रन्ट क्यामेरा

- सुपर पिक्सेल

- लाइभ प्रिभिउ सहितको एआई पोट्रेट

- क्वालकम स्न्यापड्रागन ६३६ अक्टा–कोर प्रोसेसर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!