यी हुन् सबैभन्दा कमजोर पासवर्ड, विज्ञहरु भन्छन् यी २५ पासवर्ड राख्दै नराख्नुस्

Posted on: 20 Dec, 2018

यो वर्ष सन् २०१८ मा सबैभन्दा धेरै ह्याक भएका वा सर्वाधिक कमजोर पासवर्डको खुलासा भएको छ ।

साइबर सेक्योरिटी फर्म स्प्लास डाटाले यसको खुलासा गरेको हो ।

वर्षको सबैभन्दा कमजोर पासवर्डको सूचिमा १२३४५६ सबैभन्दा अगाडि रहेको छ । १२३४५ सबैभन्दा कमजोर पासवर्डको पहिलो स्थानमा रहेको यो लगातार पाँचौँ वर्ष हो ।

त्यस्तै password शव्द कमजोर पासवर्डको दोश्रो स्थानमा रहेको पनि पाँचौ पटक हो ।

अनलाइन सेक्योरिटी विज्ञहरुले इन्टरनेट प्रयोगकर्तालाई आफ्ना पासवर्डको सुरक्षाका विषयमा लगातार सचेत पारिरहेका छन् । त्यसका बाबजुत पनि विश्वका लाखौँ मानिसहरुले आफ्नो इमेल, स्मार्टफोन, ल्यापटप, कम्प्युटर तथा अन्य डिभाइस र अकाउन्टहरु सुरक्षित बनाउनका लागि यस्तै कमजोर वा सजिलैसँग अनुमान गर्न सकिने खालका पासवर्ड राखिरहेका छन् ।

सन् २०१८ मा ह्याक भएका ५० लाख अकाउन्टहरुमा आधारित भएर उक्त अध्ययन गरेको हो । त्यसको आधारमा कम्पनीले सन् २०१८ का सबैभन्दा कमजोर २५ वटा पासवर्डको सूचि सार्वजनिक गरेको छ । रिपोर्टअनुसार पछिल्लो एक वर्षमा विश्वभरका १० प्रतिशत मानिसहरुले ती २५ वटा खराब पासवर्डमध्ये कुनै एकको प्रयोग गरेको पाइएको छ ।

यी हुन् सबैभन्दा कमजोर २५ पासवर्ड

-123456

-Password

-123456789

-12345678

-12345

-111111

-1234567

-sunshine

-qwerty

-iloveyou

-princess

-admin

-welcome

-666666

-abc123

-football

-123123

-654321

-!@#$%^&*

-charlie

-aa123456

-donald

-password1

-qwerty123

रिपोर्टमा प्रयोगकर्तालाई फरक फरक अकाउन्ट वा डिभाइसका लागि फरक फरक पासवर्ड प्रयोग गर्न पनि सुझाव दिइएको छ । यसो गर्दा ह्याकरले तपाइँको एउटा अकाउन्ट वा डिभाइसको पासवर्ड हात पारेर ह्याक गरेसँगै सबै डिभाइस वा अकाउन्ट स्वतः असुरक्षित हुने खतरा हुँदैन ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!