इन्टरनेटका प्रतिपादक रोबर्टस्को निधन

Posted on: 01 Jan, 2019

पुस १७, काठमाडौं | इन्टरनेटका प्रतिपादक मानिने अमेरिकी वैज्ञानिक ल्यारी रोबर्टस्को निधन भएको छ ।

इन्टरनेटको पहिलो प्रारुपको डिजाइन तथा निर्माण गरेका रोबर्टस्को ८१ वर्षको उमेरमा गत २६ डिसेम्बरमा हृदयाघातका कारण निधन भएको हो ।


सन् १९६० को दशकमा उनले अमेरिकाको एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सीको एउटा विभागको नेतृत्व गरी आर्पानेट नामक कम्प्युटर नेटवर्कको निर्माण गरेका थिए ।

आर्पानेटमा विकशित प्रविधिहरु विद्यमान इन्टरनेट प्रविधिमा प्रयोग हुँदै आएका छन् ।

रोबोर्टलाई इन्टरनेटका चारजना जनक मध्येका एक मानिन्छ । अन्य तिनजनामा बब काह्न, भिन्ट सर्फ र लेन क्लेइनरक रहेका छन् ।

रोबार्टले सबैभन्दा पहिलोपटक कम्प्युटर नेटवर्कको विकास गरी डाटा ट्रान्सफरको प्रविधि पनि विकास गरे ।

उनले विकास गरेको आर्पानेट नामक नेटवर्क प्रणालीमा पहिलोपटक सन् १९६९ मा चारवटा कम्प्युटर जोडिए । 

आर्पानेट सन् १९८३ सम्म कायम रह्यो र त्यसपछि वृहत इन्टरनेट सञ्जालको एक भागको रुपमा रह्यो ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!