ओपो एफनाइन जेड ग्रिन एडिसन नेपालमा (हेर्नुहोस् मुल्यसहित)

Posted on: 09 Jan, 2019

पुस २५, काठमाडौं | सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले एफनाइन अन्तर्गत नयाँ लिमिटेड एडिशन सार्वजनिक गरेको छ ।

पछिल्लो बर्ष सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन भिन्न रंगमा सार्वजनिक ओपो एफनाइनको सफलता पश्चात कम्पनीले नयाँ रंग जेड ग्रिनमा लिमिटेड एडिसनका रुपमा फोन सार्वजनिक गरेको हो । ओपोले एफनाइन जेड ग्रिन एडिसनको मूल्य ४१ हजार ५ सय ९० निर्धारण गरेको छ । 

जेड ग्रिन एडिसनमा एफनाइनमा विद्यमान विशेषताहरु (स्पेसिफिकेसन्स)लाई नै निरन्तर्ता दिइएको छ । यसमा उपलब्ध भोक फ्ल्याश चार्जले ५ मिनेटको चार्जमा २ घण्टा टक टाइमको सुनिश्चितता प्रदान गर्छ । प्रयोगकर्ताद्वारा गरिएका प्रयोग तथा परिक्षणमा भोक फ्ल्याश चार्जले, मात्र ५ मिनेटको चार्जमा सर्वाधिक लामो टकटाइम दिने प्रमाणित भइसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!