विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड बजारमा, कति पर्छ मूल्य ? हेर्नुहोस्

Posted on: 11 Jan, 2019

अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो २०१९ मा कम्पनी Lexar ले दुनियाका अन्य चर्चित तथा प्रतिस्पर्धी कम्पनीहरुलाई चुनौती दिएको छ ।

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । मेमोरी कार्डको बजारमा प्रायः सानडिस्क, किंग्स्टन, वेस्टर्न डिजिटल लगायतका ब्राण्डहरुले प्रभुत्व जमाइरहेको अवस्थामा उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट क्षमता भएको मेमोरी कार्ड बजारमा ल्याएको हो  ।

यो समाचार प्रतिस्पर्धी ब्राण्ड सान डिस्कका लागि धक्का हुनसक्दछ । सान डिस्कले गत वर्ष १ टिबीको पेन ड्राइभ ल्याएको थियो भने यो वर्ष विश्वकै पहिलो ४ टिबी क्षमताको पेन ड्राइभ ल्याएको छ । तर एस डी कार्डतर्फ भने यसले १ टिबी पूराउन सकेको थिएन ।

Lexar को हजार जिबीको मेमोरी कार्डको मूल्य ४ सय ९९ डलर ९९ सेन्ट तोकिएको छ । अमेरिकी बजारमा यो मेमोरी कार्ड उपलब्ध भैकसेको छ ।

स्मरण रहोस् लेक्सारले १५ वर्षअघि १ जिबी क्षमताको मेमोरी कार्ड ल्याएको थियो । यो १५ वर्षमा उसले मेमोरी कार्डको क्षमता १ हजार गुणाले बढाउन सफल भएको छ ।

ठूलो परिमाणमा हाइ रिजोलुसन तस्वीर तथा फोर के भिडियो खिच्ने हरुका लागि यो मेमोरी कार्ड निकै उपयोगी हुने विश्वास गरिएको छ ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!