फुल्चोकीमा हराएका १६ जना किशोर-किशोरीको उद्दार

Posted on: 13 Jan, 2019

  पुस २९, ललितपुर  । फुल्चोकीको जंगलमा घुम्न गएका १६ जना किशोर-किशोरीलाई प्रहरीले उद्दार गरेको छ ।

प्रहरीले १२ जना किशोर र चारजना किशोरीलाई साँझ ६ः४० बजे फुल्चोकी जंगलको मध्येखोंचबाट उद्दार गरेको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीलाई  कन्ट्रोल नम्बर सयबाट किशोर-किशोरी हराएको सूचना आएपछि ललितपुरका सात ठाउँबाट छुट्टा छुट्टै प्रहरीको टोली किशोर÷किशोरी खोज्न गएको थियो ।

प्रहरीले गए राति १२ः३० बजे किशोर–किशोरीलाई  अभिभावकलाई जिम्मा लगाएको छ । प्रहरीले धनुषा घर भएका ब्रिजमोहन साह, धनुषाकै सुवास साह, अभिषेक यादव, ऋषिकुमार साह, श्रीराम साह, करण साह, सुवास साहलाई उद्दार गरेको हो ।

त्यस्तै स्याङ्जाकी सपना गुरुङ, तनहुँकी श्रीजना भट्टराई, काठमाडौंका अविनभसिंह ठाकुरी, सिन्धुपाल्चोकका रोशन राना, दोलखाका रमेश पौडेल, मोरङका संजोग घिमिरे, काठमाडौंकी अप्सरा खत्री, नुवाकोटकी श्रेया थपलिया र धनुषाका सन्तोषकुमार साहलाई पनि प्रहरीले उद्दार गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!