नेपाल टेलिकमले ल्यायो गज्जबको विन्टर अफर, यस्ता छन् सुविधा (हेनुहोस्)

Posted on: 13 Jan, 2019

पुस २९, काठमाडौं । नेपाल टेलिकमले विन्टर अफर सहितको आकर्षक प्याकेज सार्वजनिक गरेको छ। टेलिकमले  पुस २९ गते देखि चैत २८ गतेसम्मका लागि नयाँ अफर योजना सार्वजनिक गरेको हो। टेलिकमले योभन्दा पहिले उपलब्ध गराएको अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा उपलब्ध गराएर विन्टर अफर ल्याएको जनाएको छ।

ह्याप्पी विकेन्ड प्याक 

जिएसएम/सिडिएमए प्रिपेड/पोस्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक प्रयोग गर्न सकिन्छ। ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जिबी डाटा प्रयोग गर्न सकिने छ। सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ।  

अल टाइम डाटा प्याक

जिएसएम प्रिपेड/पोस्टपेड तथा सिडीएमए प्रिपेड/पोस्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ। यस अन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराइने भएको छ।

 अल टाइम डाटा प्याक अन्तर्गत १० रुपैयाँ देखि ५ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन्। यस अन्तर्गत बोनससहित २३ एमबीदेखि ४ हजार ५ सय एमबीसम्मका प्याकेज खरिद गर्न सकिने छ। यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म हुनेछ। 

नाइट टाइम भोलुम बेस्ड डाटा प्याक

जिएसएम प्रिपेड/पोस्टपेड तथा सिडिएमए प्रिपेड/पोस्टपेड मोबाइलमा नाइट टाइम भोलुम बेस्ड डाटा प्याक प्रयोग गर्न सकिन्छ। यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ। थप बोनस समेत गरी नाइट टाइम भोलुम वेस्ड डाटा प्याक अन्तर्गत ५ रुपैयाँमा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिने छ।

त्यसैगरी ७ दिनसम्मको अवधिमा ४५ रुपैयाँमा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७६८० एमबी डाटा तीन सय रुपैयाँमा प्रयोग गर्न सकिने छ। यो प्याक राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ । 

अनलिमिटेड नाइट टाइम डाटा प्याक 

जीएसएम÷सीडीएमए प्रिपेड/पोस्टपेड मोबाइलमा अनलिमिटेड नाइट टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ। अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा अनलिमिटेड डाटा राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ। यसको अवधि डाटा खरिद गरेको एक दिनसम्म हुनेछ ।

त्यसैगरी ५ रुपैयाँमा ७ दिनसम्म र २ सय ४० रुपैयाँमा २ दिनसम्म अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ। उपरोक्त सबै प्याकमा १ जिबी डाटासम्म थ्रिजी/फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा अनलिमिटेड चल्ने छ।  

अल टाइम सोसियल मिडिया डाटा प्याक

अल टाइम सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ। यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ।

थप बोनस समेत गरी ५ रुपैयाँमा ३० एमबी डाटा १ दिन, २५ रुपैयाँमा १३५ एमबी डाटा ७ दिन र १०० रुपैयाँमा ६७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ। त्यसैगरी २०० रुपैयाँमा १५०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ। 

अल टाइम सोसियल मिडिया डाटा प्याक

अल टाइम सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ। यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ। थप बोनस समेत गरी ५ रुपैयाँमा ३० एमबी डाटा १ दिन, २५ रुपैयाँमा १३५ एमबी डाटा ७ दिन र १०० रुपैयाँमा ६७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ। त्यसैगरी २०० रुपैयाँमा १५०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ। 

अल टाइम डाटा स्ट्रिमिङ प्याक 

जिएसएम तथा सिडीएमए प्रिपेड/पोस्टपेड मोबाइलका लागि अल टाइम स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउन सकिने छ। यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ। थप बोनस डाटा समेत गरी १० रुपैयाँमा १५० एमबी डाटा १ दिनका लागि, ४५ रुपैयाँमा ६०० एमबी डाटा ७ दिनका लागि र ११५ रुपैयाँमा १९५० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुने छ। 

अल टाइम फोरजी डाटा प्याक

अल टाइम जिएसएम फोरजी डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ। यस अन्तर्गत १२ रुपैयाँ देखि ५ सय रुपैयाँ सम्मका बोनससहित ३८ एमबीदेखि ४६०८ एमबी सम्मको प्याकेज उपलब्ध हुन्छ। यी प्याकेज १ दिन देखि २८ दिनसम्म उपयोग गर्न सकिन्छ। 

जिएसएम/सीडीएमए थ्रिजी/फोरजी एक जीबी प्रतिदिनको डाटा प्याक

जीएसएम/सीडीएमए थ्रिजी/फोरजी एक जीबी प्रति दिन डाटा प्याक अन्तर्गत ४५ रुपैयाँमा १ जीबी डाटा १ दिनका लागि, २५० रुपैयाँमा ७ जीबी डाटा ७ दिनका लागि र ५० रुपैयाँमा २ जीबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ। यसमा प्रतिदिन २० मिनेट स्ट्रिमिङ प्याक बोनसको रुपमा प्राप्त हुनेछ। 

अल टाइम भ्वाइस प्याक     

जिएसएम तथा सीडीएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा भ्वाइस प्याक अन्तर्गत एक दिन देखि ६० दिन समयावधि सम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिने छ। यी प्याकेजहरु १० रुपैयाँ देखि ५५० रुपैयाँ सम्ममा खरिद गर्न सकिने छ। यसरी प्राप्त प्याकेजमार्फत गरिने कल नेपाल टेलिकमको नेटवर्कभित्रका लागि मात्र उपलब्ध हुनेछ

नाइट टाइम भ्वाइस प्याक

जिएसएम तथा सीडीएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ दिनसम्म असीमित (अनलिमिटेड) समय, २५ रुपैयाँमा ७ दिनसम्म २४० मिनेट र १०० रुपैयाँमा २८ दिनसम्म ११०० मिनेट कल गर्न सकिने छ। सो प्याक राति १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्क भित्र मात्र प्रयोग गर्न सकिने छ।

सियुजी प्याकेज 

कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ। जीएसएम/सीडीएमएका प्रिपेड/पोष्टपेड सबैमा यो सुविधा उपलब्ध हुनेछ। 

यस अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम/सीडीएमएका प्रिपेड ग्राहकले २०० रुपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने छन्। त्यसैगरी कम्पनीकै नेटवर्कमा जीएसएम/सीडीएमए पोष्टपेड प्रिपेडका ग्राहकले ४०० रुपैयाँमा १५० मिनेट भ्वाइस कल गर्न, ३०० एमबी डाटा चलाउन र ५० वटा एसएमएस पठाउन सक्ने छन्। 

यो बाहेक ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न, ८०० एमबी डाटा चलाउन र १०० वटा एसएमएस पठाउन सकिने छ । १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न, १५०० एमबी डाटा चलाउन र १५० वटा एसएमएस पठाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न, २१०० एमबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न, २७०० एमबी डाटा चलाउन र २५० वटा एसएमएस पठाउन सकिने छ। 

डे प्याक

डे प्याक अन्तर्गत ६ रुपैयाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिने छ। यस अन्तर्गत ६ रुपैयाँमा विहान ६ देखि बेलुकी ६ बजे सम्म ६० मिनेट कल गर्न वा ३६ एमबी डाटा चलाउन सकिने छ। 

एसएमएस प्याक 

जीएसएम प्रिपेड/पोस्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा एसएमएस प्याक प्रयोग गर्न सकिने छ। यो प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस र थप २५ प्रतिशत बोनस एसएमएस समेत उपलब्ध गराइएको छ।

यसरी १५ रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७० वटा एसएमएस र ६० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३०० वटा एसएमएस गर्न सकिने छ र यसमा पनि थप २५ प्रतिशत बोनस एसएमएस उपलब्ध गराइएको छ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!