सामसुङले ल्यायो ग्यालेक्सी एम स्मार्टफोन, यस्ता छन् फिचर्स (हेर्नुहोस् मुल्यसहित)

Posted on: 29 Jan, 2019

माघ १५, काठमाडौं | सामसुङले आफ्नो बहुप्रतिक्षित एम सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ ।

सामसुङले विश्वमै पहिलोपटक भारतमा एम सिरिजका ग्यालेक्सी स्मार्टफोन एम १० र एम २० सार्वजनिक गरेको हो ।


सामसुङका ग्यालेक्सी एम १० र एम २० स्मार्टफोन अमेजन डट इन र सामसुङ अनलाइन स्टोरमा समेत तत्कालै उपलब्ध हुनेछन् ।

ग्यालेक्सी एम १० को मूल्यको कुरा गर्दा २ गिगाबाइट र्याम र १६ गिगाबाइट स्टोरेज क्षमताको मोडेलको मूल्य ७ हजार ९९० भारु तोकिएको छ । त्यस्तै ३ गिगाबाइट र्याम र ३२ गिगाबाइट स्टोरेज क्षमताको मोडेलको मूल्य ८९९० भारु तोकिएको छ ।

त्यसका साथै ग्यालेक्सी एम १० का दुबै मोडेलले ५ सय ५१ जिबी सम्मको माइक्रो एसडी कार्ड सपोर्ट गर्दछ ।

त्यस्तै ग्यालेक्सी एम २० स्मार्टफोनको ३ जिबी र्याम र ३२ जिबी स्टोरेजयुक्त मोडेलको मूल्य १० हजार ९९० भारु तोकिएको छ भने ४ जिबी र्याम र ६४ जिबी स्टोरेज मोडेलको मूल्य १२ हजार ९९० भारु रहेको छ ।

ग्यालेक्सी एम १० मा ६.२ इन्चको एचडी प्लस इनफिनिटी भी डिस्प्ले रहेको छ । यसमा १.६गिगाहर्जको अक्टाकोर एक्जीनोस ७८७० प्रोसेसर रहेको छ । डुअल सिम सपोर्ट गर्ने यी स्मार्टफोनमा फिंगरप्रिन्ट स्क्यानर प्रविधि राखिएको छैन तथापि फेसब अनलक सिस्टम चाहीँ रहेको छ ।

सामसुङ ग्यालेक्सी एम १० मा डुअल लेन्स रियर क्यामरा रहेको छ । जसमा १३ मेगापिक्सेल प्राइमरी सेन्सर र ५ मेगापिक्सेल सेकेन्डरी सेन्सर रहेको छ । त्यस्तै ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

त्यस्तै ग्यालेक्सी एम २० मा ६.३ इन्चको फूल एचडी प्लस इनफिनिटी भी डिस्प्ले रहेको छ । यसमा १.८ गिगाहर्ज अक्टाकोर एक्जीनोस ७९०४ प्रोसेसर रहेको छ । यसले पनि डुअल सिम सपोर्ट गर्दछ । एम २० मा पनि डुअल रियर क्यामरा र ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!