आइफोनमाथि भाइरस आक्रमण, यस्तो समस्या उत्पन्न

Posted on: 30 Jan, 2019

एप्पलको आइफोनमाथि भाइरस आक्रमण भएको छ । प्रयोगकर्ताले आइफोन तथा आइप्याडमा भिडियो कलिङ्गका लागि प्रयोग हुने फेसटाइम एपमा ग्रुप भिडियो कल गर्नमा समस्या उत्पन्न भएको छ । फेसटाइम एपमा बगले आक्रमण गरेको छ । जसका कारण फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या देखिएको छ ।

ग्रुप फेस टाइमका माध्यमबाट कसैलाई कल गर्दा फोन रिसिभ गर्नेलाई कसले गरेको हो, त्यो नै थाहा नहुने समस्या पनि देखा परेको छ ।

आइफोनमा देखापरेको बगको बारेमा सबैभन्दा पहिले ब्लुम्बर्गले सार्वजनिक गरेको छ । बग आक्रमणको खुलासा सँगै एप्पलले हालका लागि ग्रुप फेसटाइम कल फिचर सबै प्रयोगकर्ताका लागि बन्द गरिदिएको छ ।

प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै ग्रुप फेसटाइमलाई बन्द गरिएको बताइएको छ । यो एपमा अपडेट गरी बगमुक्त गराएपछि मात्र प्रयोगकर्ताका लागि उपलब्ध गराइनेछ ।

एजेन्सीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!