सामसुङ ग्यालेक्सी एस १० बजारमा आउंदै, के-के छन् फिचर्स ? (हेर्नुहोस्)

Posted on: 18 Feb, 2019

फागुन ६, काठमाडौं | सामसुङले आफ्नो नयाँ फ्लागशीप स्मार्टफोन सामसुङ ग्यालेक्सी एस १० आगामी मार्च ८ मा लञ्च गर्ने भएको छ ।

सामसुङको अमेरिकी वेबसाइटले उक्त बहुप्रतिक्षित प्रिमियम फोनको पि–अर्डर लिन पनि सुरु गरेको छ । आगामी फेब्रुअरी २० मा सनफ्रान्सिस्कोमा हुने कार्यक्रममा उक्त फोनको घोषणा गरिनेछ ।

अमेरिकामा सामसुङले पछिल्लो रिलिज भएको डिभाइसलाई अपग्रेड गर्दै ग्यालेक्सी एस १० मा ५५० डलर छुट दिनेछ । कोरियाली बजारमा मार्च ८ मा ग्यालेक्सी एस १० लञ्च हुनेछ । प्रि अर्डर गरेका ग्राहकले भने फोनको औपचारिक लञ्च हुनुभन्दा ४ दिनअघि नै उक्त स्मार्टफोन प्राप्त गर्नेछन् ।

ग्यालेक्सी एस १० सँगै ठूलो स्क्रिनयुक्त एस १० प्लस तथा सस्तो मोडेलको एस १० इ पनि लञ्च हुने बताइएको छ ।

ग्यालेक्सी एस १० मा ट्रिपल रियर क्यामरा सेटअप हुनेछ । जसमा दुईवटा १२ मेगापिक्सेल र एउटा १६ मेगापिक्सेलको सेन्सर हुनेछ । १२ मेगापिक्सेल क्यामरामा टेलिफोटो लेन्स हुनेछ जसले अटोफोकस फिचर पनि सपोर्ट गर्दछ ।

त्यस्तै ग्यालेक्सी एस १० इ मा १२ र १६ मेगापिक्सेल गरी दुईवटा मूख्य क्यामरा हुनेछन् ।

त्यस्तै ग्यालेक्सी एस १० प्लसमा पनि ट्रिपल क्यामरा सेटअप रहेको छ जसको स्पेसिफिकेसनहरु ग्यालेक्सी एस १० जस्तै हुनेछ ।

ग्यालेक्सी एस १० सँगै सामसुङले वायरलेस इयरफोन पनि लञ्च गर्ने बताइउको छ ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!