सामाजिक सञ्जाल 'ट्वीटर'का सहसंस्थापक इभानको राजीनामा

Posted on: 24 Feb, 2019

फागुन १२, क्यालिफोर्निया (रासस/एएनआई) – सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिनुभएको छ । उहाँले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताउनुभएको छ । 

हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहनुभएका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहनुभएको थियो । 

विलियम्सले सन् २०११ मा ट्वीटर छाडेपनि अद्यापी कार्यसमितिका सदस्य हुनुहुन्थ्यो । सन् २०१७ मा उहाँले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गर्नुभएको थियो । 

कम्पनी छाड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!