सामसुङको Galaxy M30 सार्वजनिक, कति पर्छ मुल्य ? हेर्नुहोस्

Posted on: 02 Mar, 2019

काठमाडौं । सामसुङले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एम सिरिजलाई बिस्तार गर्दै नयाँ स्मार्टफोन ग्यालेक्सी एम ३०(Galaxy M30) भारतीय बजारमा सार्वजनिक गरेको हो ।

नयाँ ग्यालेक्सी एम ३० स्मार्टफोन यसअघि सार्वजनिक भएको ग्यालेक्सी एम १० र एम २० सिरिजमा नयाँ स्मार्टफोन हो । ग्यालेक्सी एम ३० यसअघि आएका एम१० र एम २० जस्तै अनलाइन एक्सक्लूसिभ स्मार्टफोन हो ।

यो स्मार्टफोनमा सूपर एमालेड डिस्प्ले राखिएको छ भने यसमा ट्रिपल रियर क्यामरा उपलब्ध छ । बजेट सिरिजको यो फोनमा ५,००० एमएएचको ब्याट्री प्याक राखिएको छ ।

एन्ड्रोयड ओरियो ८.१ भर्सनमा आधारित यो स्मार्टफोनमा ड्यूल नानो सिम सपोर्ट गर्दछ ।

कम्पनीले यसमा ६.३८ इन्चको वाटरड्रप नोच डिजाइनमा फूल एचडी प्लस सुपर एमोलेड इन्फिनिटी यू डिस्प्ले राखेको छ ।

यो स्मार्टफोनलाई वाइडभाइन एल१ सर्टिफिकेटका साथमा सार्वजनिक गरिएको छ, जसको अर्थ यूजर्सले नेटफ्लिक्स तथा अमेजन प्राइम जस्ता कन्टेन्ट सर्भिसेजद्धारा एचडी कन्टेन्ट स्ट्रीम गर्न सक्नेछन् ।

सामसुङ ग्यालेक्सी एम ३० मा अक्टाकोर एक्सनोज ७९०४ प्रोसेसर राखिएको छ भने फोटोग्राफीका लागि फोनमा ट्रिपल क्यामरा सेटअप छ । यसमा १३ मेगापिक्सेल प्लस,५ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

फोनको आन्तरिक स्टोरेज १२८ जीबी राखिएको छ, जसलाई कार्डको सहयोगबाट ५१२ जीबीसम्म बढाउन सकिन्छ ।

फोनमा फास्ट चार्जिंग सपोर्ट छ भने यूएसबी टाइप सी, रियर फिंगरप्रिन्ट स्क्यानर तथा फेस अनलसको फीचर छ ।

यो स्मार्टफोन हाल भारतमा मात्र सार्वजनिक भएको छ, जून अमेजन डटकम र ईशपमा मात्र किन्न सकिनेछ ।

सामसंग ग्यालेक्सी एम ३० को ४जीबी र्याम ६४ जीबी स्टोरेज भएको फोनको मूल्य भारतमा १४९०० भारु तोकिएको छ । त्यस्तै ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको स्मार्टफोनको मूल्य १७,९९० भारु तोकिएको छ ।

यो स्मार्टफोन ग्रेडेशन ब्ल्याक तथा ग्रेडेशन ब्लू कलर अप्सनमा उपलब्ध हुनेछ ।

सामसंगले हालै नेपाली बजारमा पनि एम सिरिजका नयाँ स्मार्टफोनहरु भित्र्याएको छ । कम्पनीले बजारमा एम १० र एम २० स्मार्टफोन बिक्री गरिरहेको छ। त्यसैले नेपाली बजारमा एम सिरिजको नयाँ स्मार्टफोन एम ३० पनि उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ । नेपाली बजारमा यसको मूल्य ३० हजार रुपैयाँ भन्दा तल नै हुन सक्ने अनुमान छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!