oppo ले A7 र A3S स्मार्टफोनको बजार मूल्य घटायो (मुल्यसहित)

Posted on: 02 Mar, 2019

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा आफ्ना उपभोक्ताका लागि दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले A7 र A3S (२ र ३ जीबी भ्यारियण्ट)लाई नयाँ आकर्षक समायोजित मूल्यमा उपलब्ध गराएको हो । 

अगस्ट २०१८ मा सार्वजनिक A3S दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपी एआई सक्रिय फ्रण्ट क्यामेरा तथा फुल स्क्रिनसहित सार्वजनिक पहिलो उपकरण हो । 

त्यसैगरी, A7 भने बिगर ब्याट्री फोनका रुपमा नोवेम्बर २०१८मा सार्वजनिक गरिएको थियो । ए–सिरिज अन्तर्गत सार्वजनिक यी दूबै फोन नेपालमा सर्वाधिक विक्रि हुन सफल फोन मध्येका फोन भएको कम्पनीको दाबी छ ।

मूल्य समायोजन पश्चात अब ओपो A7 नेपाली बजारमा रु. ३२ हजार ९ सय ९० मा उपलब्ध गरिएको छ । त्यसैगरी, ओपो A3S (३जीबी) रु. २४ हजार ५ सय ९० र A3S(२जीबी) रु. १८ हजार ४ सय ९०मा उपलब्ध गरिएको छ ।

४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको ओपो A7मा उपभोक्ताको प्राकृतिक झैँ देखिने तस्विर खिच्ने चाहना पुरा होस् भन्ने सोचका साथ १६ एमपी फ्रण्ट क्यामेरा (एआई २.० सहितको) र १३+२एमपी डुअल रियर क्यामेराको ब्यवास्था गरिएको छ ।

त्यसैगरी, ओपो A3S मा भने १३+२ एमपी डुअल रियर क्यामेराका साथमा ८ एमपी एआई सक्रिय गरिएको फ्रण्ट क्यामेरा दिइएको छ । फोनमा सुपर फुल स्क्रिनका साथमा एआई ब्यूटी प्रविधि पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!