माइक्रोसफ्टले बनायो संसारमै सबैभन्दा शान्त कोठा, सन्नाटा यति कि ४५ मिनेटभन्दा बढी बस्न सकिन्न

Posted on: 04 Mar, 2019

अमेरिकी सफ्टवेयर कम्पनी माइक्रोसफ्टले संसारमै सबैभन्दा शान्त कोठा तयार गरेको छ । झन्डै १७ करोड (नेपाली रुपान्तर) रुपयाँ लागतमा तयार भएको यो कोठामा मानिसले आफ्नो धड्कनको  आवाज समेत सहजै सुन्न सक्छ । वाशिंगटनको रेडमन्ड परिसरमा कम्पनीको मुख्यालयमा बनाइएको कोठामा सन्नाटा यति धेरै छ कि कोहिपनि व्यक्ति यहाँ ४५ मिनेटभन्दा बढी बस्न सक्दैन ।


विश्वकै सबैभन्दा शान्त कोठा

उक्त कोठालाई संसारकै सबैभन्दा शान्त भएको बताईएको छ । यहाँ आवाज माइनस २०.३ डेसीबल मापन गरिएको छ । सबैभन्दा बढी सन्नाटा भएको कोठाको रुपमा यसले गिनीज बुक अफ वर्ल्ड रेकर्डमा छिट्टै नाम लेखाउँदै छ । यो कोठाको सबै भित्ता एक फीट मोटाईमा बनेको छ । यसैको कारण बाहिरको आवाज भीत्रसम्म पुग्ननै पाउँदैन ।


कोठाको भित्र आवाज पनि गूंजदैन । कोठाको भित्ता, फर्श र छत बनाउन फाइबर ग्लासको प्रयोग गरिएको छ ताकि आवाज नगुंजीयोस् । कोठाको लंबाई, चौडाई र ऊंचाई २१-२१ फीट छ । 

माइक्रोसफ्टका इंजीनियर हुन्द्राज गोपालले बताए अनुसार यो कोठा हेडफोन र माउस बटनको आवाजको परीक्षण गर्नको लागि बनाएको हो । परीक्षण पछी हामी यी उपकरणहरुको ध्वनिलाई परिस्थिति अनुकूल बनाउनेछौं । केहि मानिस यो कोठामा आउँछन् र एक मिनेट पनि बस्न नसकेर वाहिरिन्छन् । यहाँ यति धेरै सन्नाटा हुन्छ कि मानिस डराउन थाल्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!