विश्वभरी फेसबुकमा ठूलो समस्या

Posted on: 14 Mar, 2019

फागुन ३०, काठमाडौं । सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या आएको छ । बुधबार रातिदेखि फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपमा बिभिन्न समस्या देखिएको हो ।

विश्वभारीका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप कहिले खुल्ने कहिले नखुल्ने र खुलेकामध्ये पनि राम्रोसँग काम नगर्ने समस्या आएको प्रयोगकर्ताहरुको गुनासो छ ।

फेसबुकले समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ । फेसबुकले आफ्ना केही एप्लिकेसन प्रयोगमा समस्या भएको जनाउँदै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको प्रष्ट पारेको छ ।

केही प्रयोगकर्ताले फेसबुक नखुलेको गुनासो गरेका छन् भने केहीले न्यूज फिड खाली देखिएको र केहीले प्रोफाइलमा प्रवेश गर्न नसकेको गुनासो गरेका छन् । स्मार्टफोन एप्स र डेस्कटप ब्राउजरमा समेत यस प्रकारको समस्या देखिएको छ । त्यस्तै बिजनेस एकाउन्टमा पनि समस्या देखिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!