अब यी स्मार्टफोनमा फेसबुक र इन्स्टाग्राम नचल्ने !

Posted on: 06 Apr, 2019

चैत २३, काठमाडौं | अबको केही समयपछि कतिपय स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम तथा मेसेन्जर चल्नेछैनन् ।

यदि तपाइँसग पनि विन्डोज फोन छ भने मे महिनाबाट त्यसमा सोसल मिडिया सपोर्ट उपलब्ध हुनेछैन । यद्यपि थर्ड पार्टी एप वा वेबको प्रयोग गरी विन्डोज फोन प्रयोगकर्ताले सोसल मिडियाको प्रयोग भने गर्न सक्नेछन् ।

स्मरण रहोस् विन्डोज स्मार्टफोनको उत्पादन बन्द भैसकेको छ र माइक्रोसफ्टले पनि आफ्ना स्मार्टफोन लञ्च गर्न छाडिसकेको छ ।

पूराना विन्डोज फोनमा त ह्वाट्सएपको सपोर्ट पहिलेबाटै बन्द गरिसकिएको छ । अब सबै खालका विन्डोज फोनमै ह्वाट्सएप सपोर्ट बन्द हुने अनुमान गरिएको छ।

माइक्रोसफ्टका अनुसार आगामी डिसेम्बरबाट विन्डोज फोनका लागि सेक्योरिटी अपडेट पनि उपलब्ध हुनेछैन । अर्थात् डिसेम्बरपछि विन्डोज फोनको प्रयोग गर्दा भाइरस आक्रमणको खतरा बेहोर्नुपर्नेछ ।

हालै सोसल साइट रेडिटमा एकजना प्रयोगकर्ताले इन्स्टाग्रामको एउटा सन्देशको स्त्रिmनसट पोष्ट गरेका छन् । जसमा निकट भविष्यमै विन्डोज फोनमा इन्स्टाग्राम उपलब्ध नहुने उल्लेख गरिएको छ । त्यसमा भनिएको छ, ३० अपि्रलदेखि विन्डोज फोनमा इन्स्टाग्राम उपलब्ध हुनेछैन, यद्यपि वेब ब्राउजरबाट भने इन्स्टाग्राम प्रयोग गर्न सकिनेछ ।

विन्डोज फोनको अन्त्य २०१७ देखि नै भएको हो । चर्चित एप डेभलपर्सहरुले पनि विन्डोज फोनमा एप सपोर्ट पनि बन्द गरिसकेका छन् । अब विन्डोज फोनमा एप सपोर्ट बन्द गर्ने पालो फेसबुकको आएको छ । स्मरण रहोस् अहिलेपनि माइक्रोसफ्ट स्टोरमा फेसबुक, मेसेन्जर तथा इन्स्टाग्राम सबैभन्दा चर्चित एपको रुपमा रहेका छन् । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!