विहिबारबाट मिडिया, कम्युनिकेशन र एडभटाईजिङ्ग एक्स्पो २०१९ हुने

Posted on: 07 Apr, 2019

चैत्र २४, काठमाडौँ | आगामी विहिबार देखि नेपालमा पहिलो पटक मिडिया, कम्युनिकेशन र एडभटाईजिङ्ग एक्स्पो २०१९ हुने भएको छ । चैत्र २८, २९, र ३० गते मिडिया एकेडेमी तथा इभेन्टम्यानेजमेन्टको आयोजनामा राजधानीको भृकुटीमण्डपमा एक्स्पो हुन लागेको हो ।


तीन दिनसम्म चल्ने एक्स्पो तथा अन्तराष्ट्रिय मिडिया सम्मेलनमा विश्वका १९ देशबाट सहभागिता रहने आयोजक एकेडेमीका कार्यकारी निर्देशक डम्मर शाहुले जानकारी दिए ।  ४५ भन्दा बढी मिडिया विज्ञहरु, मिडिया लगानीकर्ताहरु सहभागी हुने एक्स्पोमा मिडिया क्षेत्रमा प्रयोगमा आउने उपकरणहरुको प्रदशनी, सरोकारवाला विच सामुहिक छलफल, मिडिया रिसर्चका  विषय पस्तुतीकरण र मिडिया क्षेत्रका जागिर अवसरबारे जानकारी लिन सकिने निर्देशक शाहले जानकारी दिए । 

एक्स्पोबाट मिडिया सम्बन्धी नयाँ नयाँ उपकरण तथा सेवाहरुको प्रयोग, विश्व बजारको अवस्था, माग र खपत साथै आन्तरिक र बाहय बजार व्यवस्थापनको अवस्थाबारे जानकारी लिन सकिने आयोजकले दाबी गरेको छ। नेपाल पत्रकार महासंघ, नेपाल केवल टेलिभिजन महासंघ, नेपाल विज्ञापन महासंघ, सामुदायिक रेडियो प्रसारक संघ नेपाल, ब्रोडकास्टिङ एसोसिएसन नेपाल लगायतको सहकार्यमा एक्स्पो हुन लागेको आयोजकले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!