हिरो मोटरकर्पले ल्यायो फेमिली स्कुटर- डेस्टेनी १२५, काठमाडौँमा शुन्य प्रतिशत डाउनपेमेन्टमा लिन सकिने

Posted on: 16 Apr, 2019

बैशाख ३,काठमाडौँ । हिरो मोटरकार्प लि. ले आइ थ्री एस प्रविधि सहितको फेमिली स्कुटर- डेस्टेनी १२५ सार्वजनिक गरेको छ। भारतमा बिक्रि शुरु गरेको केहि महिना मै नेपालमा पनि बिक्रि शुरु गरिएको कम्पनीले जनाएको छ ।  


नेपालमा डेस्टेनी १२५ को भ्याट सहितको मूल्य २ लाख ६ हजार मूल्य तोकिएको छ । काठमाडौँमा शुन्य प्रतिशत डाउनपेमेन्ट र काठमाडौँ बाहिर ५० प्रतिशट डाउन पेमेन्टमा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ।  

स्कुटर बैशाख ४ बाट देश्भर हिरोमोटर साइकलका शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । स्कुटर सेगमेन्टमा पहिलो पटक १२५ मा माइलेजको लागि हिरोको अविस्कार आइ थ्री एस जडान गरिएको कम्पनीले जनाएको छ । स्टाइल, पावर र प्रविधिकमा विशेष संयोजन रहेको नयाँ डेस्टेनी १२५ नेपालको पहिलो र एक मात्र फेमिली स्कुटर रहेको कम्पनीले दाबी गरेको छ ।  

स्कुटरमा डिजिटल एनलग स्पिडोमिटर , साइड स्ट्याण्ड  इन्डिकेटर र सर्भिस ड्यु रिमाइन्डर पनि रहेको कम्पनीले जनाएको छ। साथै स्कुटरमा बाहिरबाटै इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाइल चार्ज गर्न मिल्ने र बुट लाइटको सुविधा रहेको कम्पनीले जनाएको छ । स्कुटरमा भएको टेलिस्कोप सस्पेन्सन र एकीकृत बैंकिंङ्ग प्रणालीले आरामदायी यात्राको अनुभूति दिलाउने कम्पनीले दावी गरेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!