नेपाल अब अन्तरिक्ष युगमा, यस्तो छ नेपाली स्याट–१

Posted on: 17 Apr, 2019

बैशाख ४, काठमाडौँ । पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो । यो समाचार आजको नागरिक दैनिकमा छत्र कार्कीले लेखेका छन् । 


यस्तो छ नेपाली स्याट–१


नेपाली नानो स्याटलाइटको संरचना एक घन इकाइ छ । लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर भएको यसको तौल १.३ केजी छ । बाहिरी भागमा नेपालको झन्डा, नेपाल प्रज्ञा प्रतिस्ठानको लोगो र भूउपग्रह निर्माता विद्यार्थीको नाम लेखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!