अन्तरिक्षमा करिब एक वर्ष बिताएका केलीको ‘डिएनए’ बदलिएपछि...

Posted on: 17 Apr, 2019

काठमाडौं | अन्तरिक्षमा करिब एक वर्ष विताएका नासाका अन्तरिक्षयात्री स्कान्ट केलीको डिएनए परिवर्तन भएको छ । उनले पृथ्वीको परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३४० दिन बिताएर तीन वर्ष पहिलो फर्किएका थिए । 

नासाका अनुसन्धानकर्ताका अनुसार बिहिबार अन्तरिक्षको कक्षमा बसिरहेको सयममा केलीको शरीरमा कयौँ परिवर्तन भइरहेको थियो ।

उनका केहि कोशिकाहरुमा डिएनए परिवर्तन भएका छन् । उनको प्रतिरक्षा प्रणालीले नयाँ सिग्नलहरु उत्पादन गरेको छ । जसले गर्दा उनको शरीरमा नयाँ ब्याक्टेरियाहरु भेटिएका छन् । तर उक्त ब्याक्टेरियाहरुले शरीरमा कुनै नोक्सान नपुर्याएको र पृथ्वीमा फर्किएपछि घट्दै गएको छ । यद्यपि, थोरै मात्रामा स्मरण शक्तिमा गिरावट हुँदै गएकाले वैज्ञानिकहरु चिन्तित छन् । 


५५ वर्षीय केलीले अमेरिकाका नौसेनामा क्याप्टेन भएर काम गरिसकेका छन् । उनी र उनका भाइ मार्क १९९५ मा नासामा जोडिएर अन्तरिक्ष यात्री बनेका थिए । अन्तरिक्षमा बसोबास गर्न योग्य छ कि छैन भनेर परिक्षणको लागि सन् २०१५ मार्च २७ मा केलीलाई अर्का एक सहयोगीका साथमा अन्तरिक्षमा पठाइएको थियो । अन्तरिक्षमा ३४० दिन बसेर उनी १ मार्च २०१६ मा पृथ्वीमा फर्किएका थिए । त्यसपछि सन् २०१६ को मार्च १२ मा उनले नासाबाट हट्ने निर्णय गरे । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!