सामसुङ फोन प्रयोग गर्नुहुन्छ ? खसेर फुटे वा बिग्रिए नयाँ पाइन्छ !

Posted on: 27 Apr, 2019

वैशाख १४, काठमाडौँ | मोबाइल फोन सेट खसेर फुट्यो वा कुनै पनि कारणले बिग्रिएमा चिन्ता लिनु पर्दैन । किनकी तपाइले किनेका महँगा सामसुङ फोनका सेटहरुमा १ बर्षको बिमा हुन्छ ।

पछिल्लो समय किनिएका महँगा सेट प्राय सबैको बिमा गरिएको हुन्छ । ग्राहकले फोन किनेको १ बर्षसम्म बिमाबापत आफूले किने फोनमा ६ हजार भन्दा बढी रकम लाग्ने क्षेती भए ६ हजार भन्दा जति बढी लाग्छ सबै बिमाबाट क्षेतिपूर्ति पाउन सक्छन् भने फुटेर काम नलाग्ने भएमा वा सारीरिक खरावी भएमा वा फोन बनाउन नै नमिल्ने भएमा नयाँ सेट समेत पाउन सकिन्छ ।  


तपाइले किनेको फोन बिमा भएको छ भने यो योजना लागु हुन्छ । जसको लागि तपाइले फोन किनेको १ बर्षको अवधि हुनुपर्छ, जुन वारेन्टी, सिम एक्टिभेसन डेट र भ्याटबिलको आधारमा हेरिन्छ । यदी तपाइले २०७५ असार २ गते सामसुङ एस ९ सेट किन्नु भएको छ भने उक्त सेटमा कुनै समस्या आए, स्क्रिन फुटे वा कुनै पनि खरावी आए बिमा क्लेम गरेर नयाँ सेट पाउन वा सोहि फोन सेट बनाउन सक्नुहुन्छ । विमाको सुविधा नेपालका आधिकारिक बिक्रेताकोमा किनिएको अवस्थामा मात्र लागू हुन्छ, यदी विदेशबाट ल्याइएको सेट हो भने बिमा लागू हुँदैन । 

नेपालको लागि सामसुङको आधिकारिक विक्रेताहरुले सामसुङको पछिल्ला प्राय सबै महँगा सेटहरुमा ग्राहकको सुविधाको लागि बिमा गरेर बिक्रि गर्ने गरेका छन् । आफ्नो फोन बिमा भए/नभएको कुरा आफूले किने ठाउँबाट जानकारी लिन सकिन्छ वा किन्दानै बिमा गरिए/नगरिएको जानकारी पाउन सकिन्छ । 

बिमा गरेको फोन फुटेको वा कुनै पनि कारण सेटनै काम नलाग्ने भएमा बनाउन वा नयाँ सेट पाउन सकिन्छ । जसको लागि बिमा कम्पनीले जिम्मेवारी लिन्छ । बिमा अवधिमा कुनै फोन झरेर फुटेमा उक्त फोन बिमा कम्पनीले बनाउन सहयोग गर्छ ।  बजारमा आएका फोनहरुको स्क्रिन फुटेमा यदी बिमा छैन भने फोन किनेको मूल्यको ४०% त्यसैमा खर्च हुने हुँदा बिमाको कारण निकै सहज हुन्छ । मानौं तपाइले सामसुङको एस ९ प्लस मोवाइल किन्नु भयो र उक्त फोनको कुनै कारणबस स्क्रिन फुट्यो भने तपाइले फोन किनेको १ बर्षभित्र बिमा दावी गर्न सक्नुहुन्छ यस्तो अवस्थामा तपाइको फोनको बिमा नभएको भए नयाँ स्क्रिन फेर्नको लागि ३०/३५ हजार वा त्यो भन्दा बढी खर्च गर्नुपर्थ्यो तर बिमा गरिएको कारण तपाइँले त्यत्रो रकम तिर्नु पर्दैन । 


महँगा फोन किनेर फुट्छ कि वा हराउँछ कि वा केहि हुन्छ कि भन्ने तनाव लिईराख्नु भन्दा बिमा गरेर ढुक्क हुनसक्ने हुँदा बिमाप्रति ग्राहकको आकर्षण छ । ५० हजार वा १ लाखको फोन किन्दा केहि शुल्क बिमा बापत तिरेर ढुक्कले फोन प्रयोग गर्न सकिन्छ भने बिमा गरिएको फोन चलाउनु गज्जबको कुरा हैन र ? 

यस बिषयमा तपाइको प्रतिक्रिया...!