ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्ने चार जना पक्राउ

Posted on: 30 Apr, 2019

बैशाख १७, काठमाडौँ । प्रहरीलाई हातपात गर्ने चार जना आज पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ स्थित कुमारीक्लब नजीक ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्ने काठमाडौँ बानेश्वर बस्ने २२ वर्षीय विवश श्रेष्ठसहित चार आज बिहान पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरी टोलीले उक्त ठाउँमा जाँच गर्ने क्रममा होहल्ला गरी अशान्ति फैलाउने व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै हातपात गरेपछि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!