Xiaomi द्वारा नेपालमा ३२ एमपी सेल्फी क्यामेरा भएको फोन सार्वजनिक, मूल्य कति ?

Posted on: 08 May, 2019

वैशाख २५, काठमाडौं | शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक गरेको छ जसले पहिलो पटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर ल्याएको हो । 

यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “हामी हाम्रो ग्राहकहरुमाझ सबैभन्दा नयाँ रेडमी वाई ३ ल्याउन पाउँदा निकै उत्साहित छौँ । यो ३२ एमपी सुपर सेल्फी क्यामेरासँगै हाम्रा एमआई (MI) ग्राहकहरुले सेल्फीको अनुभव पुनःपरिभाषित गर्न सक्नेछन् । आश्चर्यजनक औरा प्रिज्म डिजाइनसँगै रेडमी वाई ३ ले अघिल्लो पुनरावृत्तिबाट महत्वपूर्ण फड्को मारेको छ । क्वाल्कम स्न्यापड्रेगन ६३२ बाट संचालित तथा उच्च क्षमता भएको ४००० एमएएच ब्याट्रीसँगै यस स्मार्टफोनले नेपाली ग्राहकहरुलाई सुलभ मूल्यमा सबैभन्दा उत्कृष्टि नवीनतम प्रविधि ल्याएको छ ।”

रेडमी नोट ७ सिरिजको उद्घाटनका साथ औरा डिजाइनले रेडमी वाई ३ लाई औरा प्रिज्मसँगै बनाउन नयाँ आकार दिएको छ । रेडमी वाई ३ को पछिल्लो भागमा प्रिज्म जस्तै माइक्रो लाइन छ र यसको आकर्षक रंगले पक्कै बजारमा तहल्का मचाउने  निश्चित छ । फोनको अघिल्लो भागमा कर्निङ गोरिला ग्लास ५ रहेको छ र मजबुत कर्नर तथा पीटुआई न्यानो कोटिङले यस उपकरणलाई स्प्लेशस्हरुबाट जोगाउन मद्दत गर्दछ ।

रेडमी वाई ३–३२ एमपी सुपर सेल्फी

अघिल्लो रेडमी वाई सिरिज फोनले बनाएको विरासतलाई महत्वपूर्ण फड्को मार्दै, रेडमी वाई ३ ले ३२ एमपी सेल्फी क्यामेरा भित्र्याएको छ जसले आजका कन्टेन्ट क्रेटरहरुका लागि योग्य भएको ठहर गर्दै राम्रो स्थान बनाएको छ । तीव्र हाई रिजोलुसन सेल्फीदेखि ईआईएस ९भ्क्ष्क्०सँग फूल–एचडी भिडियोका लागि ३२ एमपी क्यामेरा विभिन्न ट्रिकको मास्टर हो ।

१.६माइक्रो मिटर सुपर पिक्सेल साइजसँगै रेडमी वाई ३बाट हल्का प्रभावकारीदेखि जीवनउपयोगी छवि सृजना गर्ने सेल्फी र भिडियोहरु लिन सकिन्छ । सहज स्क्रीन फ्ल्यासको माध्यमबाट कम प्रकासमा पनि सेल्फी लिन सकिन्छ जुन स्वचालित रुपमा सक्षम गर्न वा फोर्स इनेबल गर्न सकिन्छ ।

रेडमी वाई ३, ३२ एमपी सेल्फी क्यामेरा पाल्म सटर मोडमा उपलब्ध छ जसले प्रयोगकर्तालाई सामान्य रुपमा पाल्मको इशारामा ३ सेकेण्ड टाइमर ट्रिगर गर्न सक्छन् ।  


औरा प्रिज्म डिजाइन

नविनतम सबै रुपमा आउन सक्छन्, र रेडमी लाइनअपमा भएको एक सबैभन्दा नयाँ विकास औरा डिजाइन हो । रेडमी वाई ३ मा औरा डिजाइनले मुर्त रुप दिन्छ तर फोनको पछिल्लो भागमा प्रिज्म जस्तै इफेक्ट, ढाँचामा चलिरहेको जटिल माइक्रो लाइनसँग रेडमी वाई ३ ले पहिल्लो यस सेग्मेन्टमा कहिल्यै नभएको कुरा ल्याएको छ । 

६.२६”(१५.९ सीएम) एचडी प्लस डट नोच डिस्प्ले (6.26 inch (15.9 cm) HD+Dot Notch Display) सँगै कर्निङ गोरिला ग्लास ५ ले रेडमी वाई ३ लाई औरा डिजाइनका साथ अद्भूत अनुभव प्रदान गर्दछ । एलिजेन्ट ब्लू , बोल्ड रेड र प्राइम ब्लाक रंगमा उपलब्ध रेडमी वाई ३ ले व्यक्तित्व विस्तार गर्न मद्दत गर्दछ ।

क्रियो कम्प्यूटिङ स्न्यापड्रेगोन ६३२

पहिलो पटक रेडमी वाई सिरिजमा स्न्यापड्रेगोन ६३२ मोबाइल प्लेटफर्म सँगै कस्टम क्वालकम क्रियो कोर विशेषता ल्याएको हो । स्न्यापड्रेगोन ६३२ मोबाइल प्लेटफममा चार कोरको दुईवटा हिस्सामा ८ क्रियो २५० कोर छ, जुन हार्डवेयर इन्टेन्सिभ काम राम्रो तरिकाले गर्न विभाजन गरिएको हुन्छ । सक्षम एडे«नो ५०६ जीपीयूसँग रेडमी वाई ३ अत्याधुनिक गेम र भिजुअलका लागि पनि योग्य छ । 

रेडमी वाई ३ ले प्रयोगकर्तालाई २ दिन ब्याट्री लाइफ भएको ४००० एमएएच ब्याट्री प्रदान गर्छ जुन यो भन्दा अगाडि रेडमी नोट स्मार्टफोनहरुमा मात्र उपलब्ध रहेको थियो ।

रेडमी वाई ३: सरल विशेषताहरु 

रेडमी वाई ३:


मूल्य र उपलब्धता

रेडमी वाई ३, ३ जीबी प्लस ३२ जीबी भेरियन्टका लागि रु १८,४९९ मा र ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि रु २१,४९९ मा एलिजेन्ट ब्लू, बोल्ड रेड र प्राइम ब्लाक कलरमा ६ मेईबाट देशभर ९०० भन्दा बढि अफलाइन स्टोर र दराज डट कममा उपलब्ध हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!