आचारसंहिता उल्लंघन गर्ने अनलाइनको सूचीकरण रद्ध हुने

Posted on: 10 May, 2019

बैशाख २७, काठमाण्डौ ।  प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालना नगर्ने अनलाइन सञ्चारमाध्यमको सूचीकरण रद्ध गर्ने भएको छ ।  

प्रेस काउन्सिल नेपालको आचारसंहिता अनुगमन उपसमितिको बैठकले बारम्बार सचेत गराउँदा पनि आचारसंहिता पालना गर्न अटेर गर्ने अनलाइन सञ्चारमाध्यमको अबदेखि सूचिकरण रद्ध गरिने निर्णय गरेको हो ।  

साथै सूचीकरण भएका तर दर्ता नभएका अनलाइनलाई अबको १५ दिनभित्र सूचना तथा प्रशारण विभागमा दर्ता गर्न पनि काउन्सिलले आग्रह गरेको छ । १५ दिनभित्र दर्ता नगरे पनि सूचीकरण रद्ध हुने उसले स्पष्ट पारेको छ । 

यस्तै केही अनलाइन सञ्चारमाध्यमले विभिन्न नाममा समाजमा अफवाह, आतंक फैलाउने खालका सामग्री सम्प्रेषण गर्ने गरेको देखिएकोले त्यस्ता सञ्चारमाध्यमलाई सचेत गराउने र सचेत गराउँदा पनि अटेर गरे प्रचलित नियम/कानुन तथा आचारसंहिता बमोजिम कारबाही अगाडि बढाउने निर्णय पनि काउन्सिलले गरेको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!