अनलाइन सेवाले झन सास्ती

Posted on: 12 May, 2019

वैशाख २९,  कैलाली । कैलालीको टीकापुरस्थित मालपोत कार्यालयमा अनलाइन प्रणालीमार्फत सेवा दिन थालिएपछि सेवाग्राहीलाई सास्ती भएको छ । छिटोछरितो सेवा दिने उद्देश्यले कार्यालयले वैशाख १५ गतेदेखि अनलाइन प्रणालीमार्फत काम थालेको भए पनि अनलाइन सेवाले कर्मचारीलाई समेत हैरानी भएको छ ।

टाढा÷टाढाबाट आएका सेवाग्राही समयमा काम सम्पन्न नभएपछि निराश हु“दै फर्किनुपरेको छ । जानकी गाउ“पालिका– ९ मूर्तियाका शेरबहादुर विकले जग्गा रोक्काको काम गर्न चार दिनसम्म लाइनमा बस्दा पनि काम नभएपछि फर्किएको बताउनुभयो । 

बर्दगोरीया गाउ“पालिकाका शेरबहादुर बुढा जग्गा नामसारी गर्न तीन दिनदेखि धाइरहनुभएको छ । उहाँको काम सम्पन्न हुन अझै कति दिन लाग्ने हो ठेगान छैन । झण्डै ३५ किलोमिटर बसको यात्रा गरेर जग्गा नामसारी गर्न टीकापुर पुगेका जोशीपुरका रामलाल उपाध्याय तीन दिनदेखि मालपोत कार्यालयका कोठाकोठा चहारिरहनु भएको छ । 

टीकापुर मालपोत कार्यालयमा दैनिक ढिलासुस्तीबाट हैरान हुने यस्ता दर्जनौं छन् ।  ‘‘कुनैपनि सेवाग्राहीले समयमै काम सम्पन्न गरेर घर फर्किन पाएका छैनन् । उनीहरुमध्ये कतिपयले एउटै कामका लागि करिव एक साता कार्यालय धाउनमै बिताएका छन् ।’’ 

कार्यालयमा भइरहेको ढिलासुस्तीको मार लेखापढी व्यवसायीलाई समेत परेको छ । सेवाग्राहीको आक्रोशले उनीहरु पनि निराश छन् । नेपाल लेखापढी कानून व्यवसायी एशोसियशन इकाई कार्यालय टीकापुरका पूर्व सचिव लक्ष्मीप्रसाद खनालले सेवाग्राही आफूहरुमाथि खनिने गरेको बताउनुभयो । ‘‘कार्यालयभित्र समयमा काम हुन्न । सेवाग्राही हामीलाई रिसाउ“छन्’’ खनालले भन्नुभयो । 

यस कार्यालयले कैलालीको झण्डै आधा भू–भागका बासिन्दालाई सेवा दिँदै आएको छ । मालपोत कार्यालय टीकापुरमा टीकापुर र लम्कीचुहा नगरपालिकाका साथै जानकी, जोशीपुर, बर्दगोरीया गाउ“पालिकाका बासिन्दाको जग्गा नामसारी, श्रेस्ता कायम, दाखिल खारेज, संशोधनलगायतका काम हुन्छ । भजनी नगरपालिकाका केही वडाको काम समेत यसै कार्यालयमार्फत हुने गरेको सूचना अधिकारी सर्वानन्द चपाईँले जानकारी दिनुभयो ।

उहाँले अनलाइन प्रणालीमा गएपछि कार्यालयको काममा निकै ढिलासुस्ती भएको स्वीकार्नुभयो । ‘‘अनलाइन प्रणाली शुरु हुनुपूर्व दैनिक १५ वटा नामसारी हुनेमा अहिले मुस्किलले पाँच÷छ वटासम्म मात्रै हुने गरेका छन् ।’’ चपाईँले भन्नुभयो,‘‘कर्मचारी अभाव, दक्ष कर्मचारी नहुनु, बेलाबेलामा इन्टरनेट नचल्नुका साथै दोहोरो काम गर्नु परेकाले काममा ढिलासुस्ती भइरहेको छ ।’’

उहाँले हाल अनलाइन र हातले लेख्ने दुबै माध्यमबाट काम गर्नुपरेको बताउनुभयो । ‘‘अनलाइन भर्नु परेको छ अनि हातले लेख्नु पनि परेको छ’’ उहाँले भन्नुभयोे, ‘‘कर्मचारीले दोहोरो काम गर्नु पर्दा समस्या भएको हो ।’’

अझ एउटा जग्गा नामसारी गर्दा जग्गा किन्ने, जग्गा बेच्ने र दुईजना साक्षी गरी चार जनाको फोटो खिच्नुपर्छ । यसका साथै सबै कागजात ‘स्क्यान’ गरेर अनलाइनमा राख्नुपर्छ । सेवाग्राहीले एउटै कामलाई कैयौं फाँटमा रुजु गराउनुपर्छ । एउटै काममा दिन बिताउनु परेपछि थकित बनेको सेवाग्राही कर्मचारीको रुखो व्यवहारले झन आजित बन्ने गरेका छन् । 

कर्मचारी समायोजनको असर यस कार्यालयमा समेत परेको छ । समायोजन भएर जाने कर्मचारी गइसकेका छन् तर आउने कर्मचारी अझै आएका छैनन् । कार्यालयमा तीन जना नासु र दुईजना खरिदारको दरबन्दी रिक्त छ । अधिकृतस्तरको कार्यालय प्रमुख हुनुपर्नेमा विगत १४ महीनादेखि सुब्बाले कार्यालयको नेतृत्व सम्हालेका छन् । दरबन्दीअनुसारको प्रमुख र कर्मचारी नहु“दा कार्यालयको अवस्था भद्रगोल जस्तै छ ।

देशभरका १२६ मध्ये ५७ मालपोत कार्यालयमा अनलाइन प्रणाली लागू भएको छ । अरु कार्यालयमा समेत अनलाइन प्रणालीबाटै काम गर्ने सरकारी लक्ष्य छ । सरकारले जनताको काम छिटोछरितो हुनुपर्छ भन्ने उद्देश्यले अनलाइन प्रणाली लागू गरेको भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हु“दा उल्टै समस्या देखा परेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!