सामाजिक सञ्जाल चलाउँदै हुनुहुन्छ ? सरकारले संसदमा दर्ता गरेको यो ऐन अवश्य पढ्नुहोस् !

Posted on: 13 May, 2019

बैशाख ३०, काठमाडौं । सरकारले कडा सजायको प्रावधानसहित सूचना तथा प्रविधि ऐन ल्याउन लागेको छ ।

सरकारले संसदमा दर्ता गरेको सूचना प्रविधि ऐनमा सामाजिक सञ्जाल दर्ता नगरी चलाउन नपाइने व्यवस्थासंगै कसैमाथि गाली बेइज्यती हुने गरी कमेन्ट गरेका कडा सजायाको प्रावधान राखिएको छ ।

प्रस्तावित ऐनको दफा ९४ मा फेसबुक लगायतका सामाजिक सञ्जालमा सम्प्रेषण गर्न नहुने कुराहरु उल्लेख गरिएका छन् ।

त्यसैगरी तपाईले कुनै युट्युव च्यानल वा बेवसाइट चलाइरहनुभएको छ र सरकारलाई चित्त बुझेन भने त्यसलाई कुनै पनि बेला बन्द गरिदिन सक्ने छ ।

विगतमा छापाखाना तथा प्रकाशन ऐनले समाचार लेखेकै भरमा कुनै पनि सञ्चारमाध्यमको दर्ता खारेज नगरिने अधिकार सुनिश्चित गरिएको थियो । तर, अहिलेको सरकारले आफूलाई मन लागेका बेवसाइटहरु बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई चिठी लेख्ने गरेको छ ।

सरकारले ल्याउन लागेकाे कानून संसदबाट पारित भएपछि  फेसबुक, टि्वटर लगायत सामाजिक सञ्जालमा मनमाैजी पोस्ट गर्नेहरूलाई ५ वर्षसम्म कैदका साथै १५ लाख रूपैयाँ सम्मको जरिवाना हुने व्यवस्था सूचना प्रविधि सम्बन्धी विधेयकमा उल्लेख छ ।

फेसबुक, टि्वटर लगायतका सामाजिक सञ्जालको प्रयोग गर्नेहरुले के कस्तो सजगता अपनाउने पर्ने गरी कानून आउन लागेको छ भन्ने कुराको जानकारीका लागि तलको प्रावधान हेर्न सक्नुहुनेछ –



यस बिषयमा तपाइको प्रतिक्रिया...!