अमेरिकी नेतृत्वको आइएस लक्षित हवाई आक्रमणमा एक हजार ३०० नागरिकको मृत्यु

Posted on: 31 May, 2019

जेठ १७, बेरुत,रासस/एएफपी । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) लडाकूहरुलाई लक्षित गरेको हवाई आक्रमणका क्रममा अहिलेसम्म एक हजार ३०० आमनागरिक मारिएका छन् ।    

गठबन्धनले शुक्रबार दिएको जानकारी अनुसार गत सन् २०१४ देखि अहिलेसम्म इराक र सिरियामा आइएस लडाकूविरुद्ध भएको लडाईका क्रममा उनीहरु मारिएका हुन् ।

“सन् २०१४ को अगस्टदेखि सन् २०१९ को अप्रिलसम्म गठबन्धनले ३४ हजार ५०२ ओटा आक्रमण गरेको छ,” गठबन्धनद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

त्यस अवधिमा भूलबस एक हजार ३०२ जना आम नागरिक गठबन्धनको तर्फबाट मारिएको गठबन्धनले स्पष्ट पारेको छ ।

तर एउटा गैरसरकारी संस्थाले भने आफ्नो अनुगमनले अमेरिकी गठबन्धन सेनाद्वारा मारिनेको सङ्ख्या त्यो भन्दा धेरै भएको दावी गरेको छ । 

गठबन्धनको हवाई आक्रमणमा परी संसार भरी गरेर ७ हजार ९०० भन्दा बढी आम नागरिक मारिएको सो संस्थाले जनाएको छ ।

बेलायतमा कार्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले आफ्नो अनुगमनबाट सिरियामा मात्रै तीन हजार ८०० आम नागरिक गठबन्धनको आक्रमणमा परी मृत्यु भएको दावी गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!