पहिलो पटक त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण

Posted on: 01 Jun, 2019

जेठ १८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको छ।

शुक्रबार त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन एवम् प्राध्यापाक रमेशसिंह भण्डारीको टिमले कलेजो प्रत्यारोपण गरेको हो।


प्रत्यारोपणका लागि ५८ वर्षीय बुवालाई ३३ वर्षीय छोरीले कलेजो दिएकी हुन्। शुक्रबार बिहान ८ बजे सुरू गरिएको प्रत्यारोपण १६ घण्टापछि शनिबार बिहान १२ बजे सकिएको थियो। 

शल्यक्रियामा डाक्टर नर्स र स्वास्थ्यकर्मीसहितको ५० जनाको टोली र सर्जरीमा डा. भण्डरीको नेतृत्वमा १२ जना सहभागी थिए। 

यसअघि भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको भए पनि शिक्षण अस्पतालमा पहिलो पटक भएको हो। भक्तपुरमा कलेजो प्रत्यारोपणले निरन्तरता पाएको छैन।


यस बिषयमा तपाइको प्रतिक्रिया...!