मौरिसस जाने १६ नेपालीलाई एयरपोर्टले फर्कायो

Posted on: 12 Jun, 2019

जेठ २९, काठमाडौं। रोजगारीका लागि अफ्रिकी मुलुक मौरिसस जाने तयारीमा रहेका १६ नेपालीलाई अध्यागमन विभाग, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले फिर्ता पठाइदिएको छ ।

नेपाल एयरलाइन्सको उडानबाट दुवई हुँदै मौरिसस जाने तयारीमा रहेका उनीहरुको पासपोर्ट विभागले जफत गरी अनुसन्धानमा पठाएको छ ।

मौरिससमा रहेको एकै कम्पनीमा कामको लागि जान लागेका उनीहरुसँग ई–भिसा प्राप्त भएको प्रामाणिक कागजात नभएको जानकारी विभागले दिएको छ ।

गौशालामा रहेको जस्मिन इन्टरनेशनल प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजार तिरेर कागजात मिलाएको पत्रमा खुलासा गरिएको छ ।

वैदेशिक रोजगार विभाग काठमाडौंले समेत उनीहरुको बारेमा केही बताउन नसकेपछि थप छानबिनको लागि उनीहरुको कागजात वैदेशिक रोजगार विभागमा पठाइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दीपक रिजालले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!