लोकसेवाको अनलाइन फर्म भर्ने सिस्टममा समस्या, सुधार गर्दै आयोग

Posted on: 17 Jun, 2019

असार २,काठमाडौं । लोकसेवा आयोगको परिक्षाका लागि आवेदन दिने अनलाइन सिस्टममा समस्या आएको छ । अनलाइन सिस्टममा समस्या आएपछि फारम भर्न चाहनेहरू मर्कामा परेका छन् । 

आयोगको www.psconline.psc.gov.np/ वेबसाइट छिन् छिनमा खुल्ने र बन्द हुने गरेको छ । लग इन गरेकाहरुको पनि विवरण भर्न सकेका छैनन् । फारम भर्नेहरूको अत्यधिक चापका कारण सर्भरमा समस्या देखिएको छ । अनलाइन सिस्टममा देखिएको समस्या सुधार गर्ने काम भइरहेको आयोगले जनाएको छ । 

जेठ ३१ गतेसम्म एक लाख १८ हजार ३४१ जनाले मात्र आवेदन फाराम भरेका छन् । म्याद सकिने अन्तिम समयमा धेरैले फर्म भर्ने गरेका छन् । लोकसेवाले  ५१५ स्थानीय तहका लागि विभिन्न ९ हजार १६१ पदका लागि आवेदन माग गरेको थियो ।

स्थानीय तहका लागि गत जेठ १५ गतेदेखि असार ३ गतेसम्मका लागि सिंगल दस्तुर र असार १० गतेसम्मका लागि दोब्बर दस्तुरमा फर्म भर्न सकिने समयसीमा तोकिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!