स्कुलका विधार्थीलाई लक्षित गरि म्याक्स कनेक्टले ल्यायो 'स्मार्टर' मोबाइल एप, एपबाट नै पढ्न पाइने

Posted on: 28 Jun, 2019

असार १३, काठमाडौं । स्कुल लेवलका विधार्थीहरुलाई लक्षित गरि अध्ययन गर्न सहयोग पुग्ने 'स्मार्टर' मोबाइल एप सार्वजनिक भएको छ। म्याक्स कनेक्ट प्रा. लिले संचालनमा ल्याएको मोबाइल एपको एक कार्यक्रमका विच महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले शुभारम्भ गरे । 


कक्षा ४ देखि ९ सम्मका विधार्थीहरुलाई लक्षित गरि स्मार्टर एप ल्याइएको म्याक्स कनेक्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ)जीत रागबले जानकारी दिए।  एप मार्फत अनलाइन तथा अफ लाइन मार्फत घरैमा बसेर पनि अडियो/भिजुएलका साथ अध्ययन गर्न सकिने उनले बताए । प्रविधिको अधिकतम उपयोग मार्फत पेपरलेस तर्फ जाने सोच अनुरुप एप ल्याएका हौँ,  सीईओ रागबले भने 'कोर्स अनुसार आवश्यक मात्रामा अध्ययन सहयोगी भिडियो सामाग्री राखिएको छ, जसलाई  मल्टिपल प्रयोगकर्ताले पनि सहज तरिकाले उपयोग गर्न सक्नेछन् ।' प्रति विधार्थी वार्षिक ५ हजार शुल्क तिरेर एपको सेवा लिन सकिने उनले बताए । म्याक्स कनेक्टका देशभरिका डिलरहरु मार्फत हरेक स्कुलसम्म पुग्ने योजना रहेको कम्पनीले जनाएको छ। 


एपको शुभारम्भ गर्दै महजोडीले आफ्नो पालामा प्रविधिको उपयोग गर्न नपाएको स्मरण गर्दै हाल प्रविधियुक्त स्मार्टर मोबाइल एप संचालनमा आएकोले विधार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने विश्वास लिए।  

कनेक्ट टिमले यस अघि 'म्याक्स कनेक्ट इआरपी' मोबाइल एप मार्फत नेपाल र भारतका ४ सय स्कुल र २ लाख ५७ हजार विधार्थीलाई आवद्ध गराई सेवा दिइरहेको छ। जसले विधार्थी, शिक्षक, स्कुल र अभिभावकलाई एकै एप मार्फत सेवा प्रदान गरेको म्याक्स कनेक्टले जनाएको छ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!