डोटीमा सर्पले डस्दा एक महिलाको मृत्यु

Posted on: 03 Jul, 2019

असर १८, डोटी । शिखर नगरपालिका वडा नं १ मा आज अपराह्न सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापति पन्तका अनुसार  खेतमा काम गरिरहेका समयमा सो नगरपालिका १ कालागाढ बस्ने ४२ वर्षीया जमुनादेवी कार्कीलाई सर्पले डसेपछि उपचारका क्रममा नेपाली सेनाको श्री नं ५ सैनिक अस्पतालको जिओपिडी शाखामा निधन भएको प्रहरीले जनाएको छ ।

जिल्लाका अन्य ठाउँमा सर्पले डसेका बिरामीका लागि आवश्यक पर्ने एन्टीस्नेक भेनम नभएका कारण उहाँलाई सेनाको अस्पतालमा भर्ना गरिएको थियो । उपचार गराउन ढिलो ल्याएका कारण उहाँको शरीरमा पूरै विष फैलिइसकेका कारण मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

ट्रयाक्टर दुर्घटना हुँदा चिन्ताजनक

पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाबाट दिपायल आउँदै गरेको से २ त ३५५० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक अन्दाजी ३५ वर्षीय राजु चौधरी  गम्भीर घाइते भएका छन् ।

केही दिन पहिले गाउँपालिकामा दुर्घटना भएको जीपलाई मर्मतका लागि कैलाली लैजान ट्रयाक्टरमा राखेर ल्याउँदै गरेको उक्त ट्रयाक्टर दुर्घटना पर्दा घाइते भएका चौधरीलाई दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार गराए पनि त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि कैलालीतर्फ सिफारिस गरिएको शैलेश्वरी अस्पतालका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!