आज दिउसो ३ बजे भारतले पठाउँदैछ 'चन्द्रयान-२', चन्द्रमामा पुगेर यो यानले के गर्छ ?

Posted on: 22 Jul, 2019

साउन ६, काठमाडौँ (एजेन्सीको सहयोगमा) | आज छिमेकी मूलुक भारतले चन्द्रयान-2 को लन्च गर्दै छ । नेपाली समय अनुसार आज दिउसो करिव २:५८ बजे (भारतको समय अनुसार २:४३ बजे) उक्त यान लन्च हुँदैछ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (ISRO) ले शनिवार चंद्रयान-2 को लन्च गर्ने सम्पूर्ण तयारी पुरा गरेको थियो । (ISRO)का पूर्व प्रमुख एएस किरण कुमारले भने अनुसार सबै तयारी पुरा भईसकेको छ । हामी सोमवारको लागि तयार छौं ।

(ISRO) ले आइतबार ट्वीट गर्दै चन्द्रयान-2 को लन्चिङ  १५ जुलाईको राति २:५१ हुनुपर्ने थियो, जो प्राविधिक कारणले समस्या आएपछी उडानको मिति सरेको थियो । (ISRO)ले एक हप्ताभीत्र सबै प्राविधिक कुराहरु ठीक पारेर आज प्रक्षपेणको तयारी गरेको छ ।

१५ जुलाईको राति मिशन सुरु हुनुभन्दा ५६ मिनेट अघि (ISRO)ले ट्वीट गर्दै लन्चिङ गर्ने घोषणा गरेको थियो । (ISRO) का एसोसिएट डायरेक्टर (पब्लिक रिलेशन) बीआर गुरुप्रसादले बताएका थिए कि लन्चिङभन्दा ठीक अगाडी लन्चिङ व्हीकल सिस्टममा समस्या आएको थियो । यसै कारण चन्द्रयान-2 को लन्चिङ आजको लागि सरेको थियो । 


चन्द्रयान-2 ले पृथ्वीको चक्कर एक पटक कम लगाउने 

लन्चिङको मिति एक साता पछी सरेपनि चंद्रयान-2 चन्द्रमामा तय भएको मिति ७ सेप्टेम्बरमा पुग्नेछ । समय बचाउनको लागि चंद्रयानले पृथ्वीको एक चक्कर कम लगाउनेछ । पहिले ५ चक्कर लगाउने तय भएको थियो तर अब ४ चक्कर  मात्र लगाउनेछ । यसको अवतरण एस्तो स्थानमा तय भएको छ कि जहाँ शुर्यको प्रकाश बढी होस् । प्रकाश २१ सेप्टेम्बर पछि कम हुन सुरु हुनेछ । ल्याण्डर-रोवरले चन्द्रमा १५ दिन काम गर्नुपर्नेछ, यसैले समयमा पुर्याउनु जरुरी छ ।


चन्द्रयान-2 को तौल ३ हजार ८७७ किलोग्राम 

चंद्रयान-2  भारतको सबैभन्दा शक्तिशाली जीएसएलवी मार्क-III रकेटबाट लन्च हुनेछ । यो रकेटमा तीन मोड्यूल अर्बिटर, ल्याण्डर (विक्रम) र रोवर (प्रज्ञान) हुनेछ । यस मिशन अन्तर्गत (ISRO) चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछ । यस पटक चन्द्रयान-2 को तौल ३ अजार ८७७ किलोग्राम हुनेछ । यो चन्द्रयान-१ मिशन (१३८० किलोग्राम) देखि करीव ती गुणा धेरै हुनेछ । ल्याण्डरको भीत्र भएको रोवरको गति १ सेमी प्रति सेकंड हुनेछ । 

(ISRO)ले चंद्रयान-2 लाई यस अघि अक्टोबर २०१८ मा लन्च गर्ने तयारीमा थियो । पछी यसको मिति सर्दै ३ जनवरी र फेरी ३१ जनवरीमा तय भयो । पछि अन्य कारणले यो यान प्रक्षेपणको लागि १५ जुलाई तोकिएको थियो तर उडानहुनु केहि समय अघि समस्या देखिएपछि आज यसको उडान हुनेछ । केहि बदलावको कारण चन्द्रयानको पहिलेको तौलभन्दा केहि बढेको छ । 


चंद्रयान-2 मिशन के हो ? यो चन्द्रयान-१ भन्दा किन भिन्न छ ? 

चन्द्रयान-2 लाई भारतको हालसम्मकै शक्तिशाली जीएसएलवी मार्क-III रकेटमार्फत लन्च गरिने छ । चन्द्रयान-2 वास्तवमा चन्द्रयान-१ मिशनकै नयाँ संस्करण हो । यसमा अर्बिटर, ल्याण्डर (विक्रम) र रोवर (प्रज्ञान) शामेल छ । चन्द्रयान-1 मा सिर्फ अर्बिटर थियो, जसले चंद्रमाको कक्षमा गुम्थ्यो ।

चन्द्रयान-2 मार्फत भारतले पहिलो पटक चन्द्रमाको सतहमा ल्याण्डर उतार्नेछ । अवतरण चन्द्रमाको दक्षिणी ध्रुवमा हुनेछ । यसको साथै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गर्ने पहिलो देश बन्नेछ ।

अर्बिटर, ल्याण्डर र रोवरले के काम गर्छ ? 

चन्द्रमाको कक्षमा पुगेपछि अर्बिटरले एक बर्षसम्म काम गर्नेछ । यसको मुख्य उद्देश्य पृथ्वी र ल्याण्डरको बीच संचार गर्नेनै हो । अर्बिटरले चन्द्रमाको सतहको नक्शा बनाउनेछ, ताकि चन्द्रमाको अस्तित्व र विकासको बारेमा अनुसन्धान गर्न सकियोस् । त्यस्तै, ल्याण्डर र रोवरले चन्द्रमाको एक दिन (पृथ्वीको १४ दिन बराबर) काम गर्नेछ । ल्याण्डरले यो परिक्षण गर्नेछ कि चन्द्रमामा भूकम्प आउँछ कि आउँदैन ? जबकि, रोवरले चन्द्रमाको सतहमा खनिज तत्व छ/छैन पत्ता लगाउनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!