अबको ४ महिनापछी Windows 7 को सम्पूर्ण सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

Posted on: 04 Aug, 2019

साउन १९, काठमाडौँ | सफ्टवेयर जाएन्ट माइक्रोसफ्टले आफ्नो विन्डोज अपरेटिङ सिस्टमको (Windows 7) को सपोर्टबाट हात झिक्ने भएको छ । माइक्रोसफ्ट सपोर्ट पेजमार्फत उसले विन्डोज सेभेन अपरेटिङ सिस्टमको सम्पूर्ण सेवा आगामी बर्षदेखि बन्द गर्ने जनाएको छ ।

माइक्रोसफ्टले जनवरी १४, २०२० देखि विन्डोज अपरेटिङ सिस्टमको (Windows 7) सपोर्ट नदिने घोषणा गरिसकेको छ । विन्डोज ८ पछीको सिस्टमलाई भने विन्डोजले सपोर्ट दिने छ ।


विन्डोजले आफ्नो विन्डोज सेभेनको सपोर्टमा १० बर्ष व्यतित गरेको जानकारी दिंदै आगामी जनवरी १४ देखि सपोर्ट बन्द गर्ने आफ्नो अफिसियल वेबसाइटमा उल्लेख गरेको छ । माइक्रोसफ्टले सपोर्ट नदिए पनि कम्प्युटर चल्नेछ तर त्यसमा कुनै समस्या आए माइक्रोसफ्टले कुनै सहयोग गर्दैन । यस अघि विन्डोज एक्सपीको सपोर्ट बन्द गरेको माइक्रोसफ्टले आफ्नो सपोर्टसँगै विन्डोज सेभेन अन्तरगत कुनै पनि प्रावधिक समस्या, सफ्टवेयर अपडेट, सुरक्षा सम्बन्धि अपडेट दिनेछैन । 

विन्डोजले सपोर्ट नदिए लगत्तै त्यस्ता सफ्टवेयरमा भाइरस, मालवेयर र अन्य समस्या आउन सक्छ । उसले अब विन्डोज सेभेन छाडेर विन्डोज १० चलाउन सुरु गर्न समेत सुझाव दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!