सुनको भाउले अहिलेसम्मकै रेकर्ड तोड्यो, कति पुग्यो ?

Posted on: 04 Aug, 2019

 साउन १९, काठमाण्डौ । आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ ।

आज सुन तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै महँगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

आज सुन तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको हो । 

 आइतबार सुनको भाउले नयाँ कीर्तिमान बनाएको व्यवसायीले बताएका छन् । अहिले सुन किन्ने भन्दा पनि बेच्ने धेरै भएको व्यवसायीहरुले बताएका छन् ।

सुनको भाउ लगातार बढ्दा कारोबार नै ठप्प जस्तै भएको व्यवसायीले बताएका छन् । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!