आफ्नै स्मार्टफोन बजारमा ल्याउँदै ‘टिकटक’

Posted on: 04 Aug, 2019

साउन १९,  एजेन्सी  | ५० करोड प्रयोगकर्तासँगै सबैभन्दा तीव्र गतिमा प्रयोगकर्ता आकर्षित गरिरहेको टिकटक निर्माण गर्ने कम्पनी बाइट डान्सले आफ्नै ब्राण्डको स्मार्टफोन बजारमा ल्याउने भएको छ |

भिडियो शेयरिङ एप टिकटकको शानदार प्रदर्शन पछि टिकटक बनाउने कम्पनी स्मार्टफोन बजारमा प्रवेश गर्ने भएको हो | १५ सेकेण्डको भिडियो पोस्ट गरिने टिकटकमा अहिलेसम्म प्ले स्टोरमा १ सय करोडभन्दा धेरैपटक डाउनलोड भैसकेको छ । बाइटडान्ससँग टिकटकका अलावा अन्य केही भिडियो तथा समाचारमा आधारित एपहरुको पनि स्वामित्व रहेको छ ।

त्यसमा स्लेक, फ्लिपचार्ट, टोटिओ लगायतका रहेका छन् । तर ती मध्ये सबैभन्दा लोकप्रिय टिकटक नै रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!