१ इन्चको मात्र स्क्रिन भएको विश्वको सबैभन्दा सानो ल्यापटप

Posted on: 05 Aug, 2019

साउन २०, एजेन्सी  | विश्वको सबैभन्दा सानो आकारको ल्यापटप जसको १ इन्चको मात्र  स्क्रिन  छ  |  सुन्दैमा अनौठो जरुर लाग्छ  जुन विश्वको सबैभन्दा सानो आकारको ल्यापटप हो  एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन् ।

विश्वकै सानो ल्यापटप बनाउने व्यक्तिको नाम पल क्लिन्गर हो । उनले बनाएको उक्त ल्यापटपको नाम ThinkTiny हो । यो ल्यापटप IBM को थिंकप्याडको सानो रुप हो । हाल लेनेभो कम्पनीले थिंकप्याड बनाउँदै आएको छ ।

क्लिंगरले यो मिनी ल्यापटपमा ०.९६ इन्चको डिस्प्ले राखेका छन् । साथै यो ल्यापटपमा थिंकप्याडमा जस्तै किप्याडको बीचमा रातो रङको ट्रयाकप्वाइन्ट स्टाइल कर्सर कन्ट्रोलर राखिएको छ । ThinkTiny ल्यापटप बनाउनका लागि क्लिन्गरले थ्री डी प्रिन्टेड खोल तयार गरेका छन् । यस मिनी ल्यापटपमा १२८ गुणा ६४ पिक्सेलको ओएलइडी डिस्प्ले राखिएको छ । साथै यो सानो ल्यापटपमा ATtiny 1614 को ८ बिटको चिप राखिएको छ । यसमा वर्ड, एक्सेल तथा पावरप्वाइन्ट जस्ता अफिस सफ्टवयेर पनि चलाउन सकिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!