फेसबुकले आफ्नै ‘सर्वोच्च अदालत’ बनाउँदै,सन् २०२० बाट कार्यान्वयनमा आउने

Posted on: 20 Sep, 2019

असोज ३, एजेन्सी | सबै भन्दा धेरै चलाइने सामाजिक संजाल फेसबुक पछिल्लो समय चर्चा र विवादमा परेको छ | प्रयोगकर्ताको गोपनीयता कायम राख्न नसकेको, शुरक्षा राख्न नसकेको र सरकारहरुसँगको विवाद जस्ता विवादबाट मुक्त हुनाकोलागी फेसबुकले आफ्ना कदमहरु अगाडी बढाउदै आएको छ | अब फेसबुकले आफ्नै सर्वोच्च अदालतको स्थापना गर्दैछ | फेसबुकले स्थापना गर्ने उक्त निगरानी बोर्डको औचित्यका विषयमा सीईओ मार्क जुकरवर्गले एक ब्लग पोष्टमार्फत प्रष्ट पारेका छन् |

उनका अनुसार ‘हामी हाम्रा नीतिहरुको हरेक दिन कार्यान्वयन गर्ने कुरामा जिम्मेवार छौं र फेसबुकका दसौं लाख सामग्रीहरुका बारेमा हामीले हरेक हप्ता निर्णय गरेका हुन्छौंं । तर, हामीजस्ता निजी कम्पनीहरु आफैंले वाक् स्वतन्त्रताको विषयमा त्यतिधेरै महत्त्वपूर्ण निर्णयहरु गर्न सक्दछौं भन्ने चाहिँ मलाई लाग्दैन ।’ उनले भने | फेसबुकले स्थापना गर्ने स्वतन्त्र निगरानी बोर्डमा प्रयोगकर्ताहरुले फेसबुकले गर्ने निर्णयहरुको बारेमा पुनरावेदन गर्न सक्नेछन् | उक्त बोर्डको संरचनाका विषयमा फेसबुकले विश्वभरबाट विज्ञहरुको राय लिएको जनाइएको छ |

उक्त अदालतमा फेसबुकका प्रयोगकर्ताहरुले पुनरावेदन गर्न सक्दछन् । फेसबुकका नीतिहरुको बारेमा सुरुमा फेसबुकमै निवेदन दिने र त्यसपछि मात्र बोर्डमा पुनरावेदन गर्न सकिनेछ । उक्त बोर्डले गर्ने निर्णय बाध्यकारी हुनेछ | उक्त फेसबुकले स्थापना गर्ने उक्त निगरानी बोर्ड जसलाई फेसबुकको सर्वोच्च अदालत पनि भनिएको छ, त्यो सन् २०२० को नोभेम्बरदेखि कार्यान्वयनमा आउने बिश्वाश गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!