मोबाइलको ब्याट्रीले निर्धारण गर्छ मानिसको मुड, फूल चार्ज भए खुसि

Posted on: 27 Sep, 2019

असोज १०,एजेन्सी | अहिलेको सुचना प्रविधिले भरिपूर्ण समाजमा मानिसको दिमागले फोनको ब्याट्रि अनुसार काम गर्ने कुराका एक अन्तर्राष्टिय अध्ययनले बताएको छ | उक्त अनुसन्धानका अनुसार जसको फोनको ब्याट्री सधैं चार्ज हुन्छ उनीहरु आफ्नो ऊर्जाको प्रयोग लामो समयसम्म गर्छन् । 

यस्ता व्यक्तिहरु निकै व्यवस्थित हुन्छन् । यस्तै, जो मानिसहरु आफ्नो फोनको ब्याट्रिमा ध्यान दिँदैनन् वा जसको फोनको ब्याट्रि सधैं कम हुन्छ, उनीहरु जीवनमा अव्यवस्थित हुन्छन् । सोहि अध्ययनका अनुसार जसको फोन फूल चार्ज हुन्छ, उनीहरु सकारात्मक महसुस गर्छन् र फूल ब्याट्रि भएपछि जहाँ पनि जान सकिने सोच राख्छन् । यस्तै, आधा वा त्योभन्दा कम ब्याट्री छ भने यसले नकारात्मकता बढाउँछ ।

अनुसन्धानमा संलग्न भएका लण्डनबासीलाई दिन ढल्दै गर्दा आफ्नो फोनको ब्याट्री आइकन हेर्दा कस्तो लाग्छ भनेर सोधियो । जवाफमा उनले भने, ‘फूल ब्याट्री देख्नु सुखद हो र ५० प्रतिशत देख्नु चिन्ताजनक । यस्तै, ब्याट्रि ३० प्रतिशतसम्म पुग्यो भने त चिन्ता थप बढ्दै जान्छ ।’

फोनको ब्याट्रिले विभिन्न कुरामा प्रभाव पार्छ । यसमा फोन म्याप, डिजिटल वालेट, डायरी, मनोरञ्जन पनि प्रभावित हुन्छ । डा. रबिन्सन भन्छन्, ‘अनुसन्धानमा हामीले पायौं कि जो व्यक्तिको फोनको ब्याट्रि सधैं फूल रहन्छ उनीहरु योजनाकार र कन्ट्रोलिङ हुन्छन् । ’

यसको विपरित, जो ब्याट्रि चार्ज गर्दैनन् उनीहरु अव्यवस्थित र कुनै पनि काम सही तरिकाले गर्नमा पछि नै पर्छन् । अनुसन्धानमा भनिएको छ जसको फोनको ब्याट्रि कम हुन्छ उनीहरु अरुमा निर्भर हन्छन्, उनीहरको सामाजिक दायरा पनि कम हुन्छ । जो मानिसहरु फोनको ब्याट्रिलाई प्रभावकारी ढङ्गले प्रबन्ध मिलाउन सक्दैनन् उनीहरुले आफ्नो जीवनको पनि प्रबन्ध मिलाउन समस्याको सामना गर्नुपर्ने हुन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!