सामसङ्ग ग्यालेक्सी ए १० एस नेपाली बजारमा, यस्ता छन् मूल्य र बिशेषताहरु

Posted on: 27 Sep, 2019

असोज १०, काठमाडौं | सामसङ्गले ग्यालेक्सी ए१०एस नेपाली बजारमा  ल्याएको छ | यो ग्यालेक्सी ए१०एस सिरिजको सबैभन्दा नयाँ स्मार्टफोन हो | ग्यालेक्सी ए स्मार्टफोनको विशेषताको लागि नवीन आविष्कार गरेको छ । ग्यालेक्सी ए परिवारको सबैभन्दा नयाँ सदस्यका रुपमा ग्यालेक्सी ए१०एस स्मार्टफोन आएको छ | ग्यालेक्सी ए १० एस मा ६.२ इन्चको इन्फिनिटी–वि डिस्प्ले, नयाँ ड्युअल रियर क्यामरा, शक्तिशाली ४००० एमएएचको व्याट्री तथा फिङ्गगर प्रिन्ट स्क्यानर विद्यामान छन् |


नयाँ ग्यालेक्सी ए१०एस मा ६.२ इन्को एचडी इन्फिनिटी–वि डिस्प्ले रहेको छ | प्रयोगकर्ताले आफूलाई मनपरेको विषयवस्तु अझै सहज तरिकाबाट हेर्न सक्नुहुने छ । यसका अतिरिक्त आजका युवापुस्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै ग्यालेक्सी ए१०एसमा ४००० एमएएचको शक्तिशाली ब्याट्री लाग्दछ, जसले सहज स्ट्रिमिङ्ग, गेमिङ्ग तथा लाइभ ब्रोडकास्टिङमा मद्दत गर्दछ । मिलेनियल्सको आवश्यकतालाई सम्बोधन गर्नको लागि ग्यालेक्सी ए१०एसमा ड्युअल रियर क्यामरा सेटअप गरिएकोछ, जसले अन द गो को अवस्थामा पनि आफ्ना बहुमूल्य क्षणहरुलाई क्यामरामा कैद गर्न सकिन्छ । 

ग्यालेक्सी ए१०एसको ड्युअल क्यामरा सेटअपमा एफ १.८ अपर्चरको साथ १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा तथा २ मेगापिक्सलको डेप्थ क्यामरा रहेको छ । त्यसै कारणले गर्दा प्रयोगकर्ताले कुनै पनि सब्जेक्टमा केन्द्रित रहँदा आकर्षक फोटो लिन सक्नुहुन्छ भने ब्याकग्राउन्डमा भएको अनावश्यक कुराहरुलाई ब्लर बनाउन पनि सहजै सकिन्छ । 

सामसङ्ग ग्यालेक्सी ए१०एस यही असोज महिनाको ६ गतेदेखि नेपाल अधिराज्यभरका रिटेल शप तथा सामसङका आधिकारिक विक्री केन्द्रहरुबाट सहजै खरिद गर्न सकिन्छ । यसको खरिद मूल्य रु. १६ हजार ७ सय ९० तोकिएको छ । यो फोन विभिन्न तीन आकर्षक रंगहरु नीलो, हरियो तथा कालोमा उपलब्ध रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!