चीनले सुरु गर्यो फाइभ जी सेवा

Posted on: 05 Nov, 2019

कार्तिक १९,काठमाडौं | चिनमा फाइभ जी सेवा सुरु भएको छ | चिनियाँ मोबाइल अपरेटरहरुले आफ्ना ग्राहकहरुका लागि फाइभ जी सेवा सुरु गरेका हुन् | चीनको सरकारी मोबाइल अपरेटर चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीबार आफ्नो फाइभ जी फ्लान घोषणा गरेका हुन् |

यो घोषणा यस्तो बेला भएको छ, वतिबेला चीन र अमेरिकाबीच ब्यापार र प्रविधिमा टकरावको स्थिति छ | फाइभ पाँचौं जेनेशरनको मोबाइल नेटवर्क हो । यसमा इन्टरनेटको गति निकै तीव्र हुने दाबी गरिएको छ |

चीनले भन्दा पहिले दक्षिण कोरिया, अमेरिका र बेलायतले यसै वर्ष आफ्नो देशमा फाइभ जी सेवा सुरु गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!