फेसबुकले परिवर्तन गर्यो लोगो,अब ठुलो अक्षरमा FACEBOOK हुने

Posted on: 07 Nov, 2019

कार्तिक २१, एजेन्सी | सामाजिक संजाल फेसबुकले आफ्नो ब्राण्डलोगो फेरेको छ | बिशेष उद्धेश्यका साथ फेसबुकले नयाँ लोगो डिजाइन गरेकोबताइएको छ | जसमा सबै अक्षरहरु ठूलो अक्षर (Capital letter) मा छन् |यसमा फराकिलो हिसाबले FACEBOOK लेखिएको छ |

यो नयाँ लोगो फेसबुक एप तथा फेसबुक वेबमा तत्काल देखिने भने होइन | वास्तवमा आफु ह्वाट्सएप, इन्स्टाग्राम लगायतको मातृ कम्पनी भएको देखाउन फेसबुकले यसो गरेको बताइएको छ | फेसबुकको नयाँ लोगो Gif मा जारी गरिएको छ, अर्थात् यो चलायमान छ |

लोगोको Gif मा रहेका फरक-फरक रङले फेसबुक कम्पनीका विभिन्न खाले प्रडक्टहरुको बारेमा बताउने गरेको दाबी गरिएको छ | जसमा निलो रङ फेसबुकका लागि, हरियो ह्वाट्सएपका लागि गुलाबी रङ इन्स्टाग्रामका लागि छुट्टाइएको छ । यो नयाँ लोगो आमाी केही हप्तामै प्रयोगकर्ताले प्रयोग गर्ने पाउने बताइएको छ । कम्पनीले यसलाई मार्केटिङ तथा प्रडक्टको विज्ञापनका लागि प्रयोग गर्नेछ |

स्मरण रहोस्, फेसबुकले केही पहिले देखिनै ह्वाट्सएप तथा इन्स्टालगायतमा by facebook फिचर थपेको थियो । उक्त लोगोलाई त्यहीँ ठाउँमा प्रयोग गरिनेछ  | फेसबुकका अनुसार from facebook प्रयोग गर्नुको उद्धेश्य मानिसहरुलाई फेसबुक र यसका अन्य एपहरु एउटा संयुक्त संरचनामा आधारित छन् र एउटै टिममा निर्भर छन् भन्ने देखाउनु हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!