सामसङको 'ग्यालेक्सी ए ७० एस' बजारमा, कति छ मूल्य ?

Posted on: 19 Nov, 2019

मङ्सिर ३, काठमाडौं | विश्वप्रशिद्ध कम्पनी सामसङले ग्यालेक्सी 'ए' शृंखलामा सबैभन्दा नयाँ स्मार्टफोन 'ग्यालेक्सी ए ७० एस' बजारमा ल्याएको छ । यो फोनमा ग्यालेक्सीको अत्याधुनिक इनोभेसन समाविष्ट छ । नयाँ ग्यालेक्सी ए ७० एसमा ६४ मेगा पिक्सलको प्राइमरी सुटरका साथ ट्रिपल क्यामरा सेटअप, आकर्षक नयाँ डिजाइन, सम्पूर्ण भिज्युअल अनुभव, शक्तिशाली ब्याट्री एवं सहजै कनेक्ट गर्न सकिने सुविधा विद्यमान रहेको सामसङले जनाएको छ ।

यसमा एआई गेम बुस्टर, ४५०० एमएएचको ब्याट्री, तथा २५ वाटको सुपरफास्ट चार्जिङ्ग जस्ता विशेषताहरुले आजका युवाहरुको सम्पूर्ण आवश्यकतालाई पूरा गरी स्मार्टफोनको उत्कृष्ट अनुभव प्रदान गर्दछ । 

नयाँ Galaxy A70s मा ६.७ इन्चको एफएचडी इन्फिनिटी–यू डिस्प्ले रहेको छ । यो फोन प्रयोगकर्ताहरुलाई गेमिङ्ग, भिडियो हेर्न, मल्टिटास्किङ्ग, ब्राउजिङ्ग आदिको दौरान उत्कृष्ट भिज्युअल अनुभव प्राप्त हुन्छ ।


ग्यालेक्सी A70s मा डल्बी एटमस रहेको छ, जसले ३६० डिग्री सराउन्ड साउन्डको अनुभव प्रदान गर्दछ । 

ग्यालेक्सी A70s मा शक्तिशाली ४५०० एमएएचको व्याट्री तथा २५ वाटको सुपरफास्ट चार्जिंग, रहेको हुँदा पूरा दिनभर शेयर, स्ट्रिम तथा गेमिङ्गको स्वतन्त्रता दिन्छ । 

ग्यालेक्सी A70s को मूल्य ४८ हजार ८ सय ९० रुपैयाँ (६ जीबि + १२८ जीबि) तोकिएको छ । यो फोन सामसङका आधिकारिक विक्री कक्षहरुबाट नेपाल अधिराज्यभर उपलब्ध रहदैं आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!