आइफोन ११ नेपाली बजारमा यस्तो छ मूल्य र फिचर्स

Posted on: 22 Nov, 2019

मंसिर ६, काठमाडौं | आज देखि नेपाली बजारमा आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स सार्वजनिक भएको छ | नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जेनरेशन नेक्स्ट कम्यूनिकेसनले सार्वजनिक गरेको हो |६४ जिबी आइफोन एघारको मूल्य १ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ |

१ सय २८ जिबीको १ लाख अठार हजार तीन सय, २ सय ५६ जिबीको मूल्य १ लाख ३४ हजार पर्ने कम्पनीले बताएको छ | यो आइफोन कालो, सेतो, पर्पल, हरियो, पहेलो र रातो कलरमा प्राप्त गर्न सकिन्छ | त्यसैगरी, आइफोन प्रो ६४ जिबीको १ लाख ५७ हजार दुई सय ५० रुपैयाँ पर्छ |

२ सय ५६ जिबीको १ लाख ८० हजार ९ सय रुपैयाँ पर्छ | पाँच सय १२ जिबीको दुई लाख ११ हजार ८ सय रुपैयाँ पर्छ त्यस्तै आइफोन एघार प्रो म्याक्सको ६४ जिबीको मूल्य १ लाख ७२ हजार ८ सय पर्छ। २ सय ५६ जिबीको १ लाख ९६ हजार ६ सय पर्छ |

पाँच सय १२ जिबीको मूल्य दुई लाख २७ हजार ४ सय रुपैयाँ रहेको छ | कम्प्नीले एप्पलका उत्पादनमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलबाट मात्र खरिद गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!