रेडमीको पहिलो फाइभजी फोन 'के थर्टी' आउने

Posted on: 27 Nov, 2019

मंसिर ११, काठमाडौँ | रेडमीको पहिलो फाइभजी फोन 'के थर्टी' बजारमा ल्याउने भएको छ | के सिरिजमा नयाँ मोडल ल्याउने कम्पनीले घोषणा गरेको छ | डीसेम्बर १० मा रेड्मी के थर्टी यही सार्बजनिक हुने रेडमीका ब्रान्ड म्यानेजर लु बिबिङले बताएका छन् |

उनका अनुसार के थर्टी रेड्मीको पहिलो फाइभजी फोन हुने छ  | सेल्फीका लागि २ क्यामेरा भएको उक्त फोन विश्वबजारमा कहिले सार्बजनिक हुन्छ भन्ने कुनै जानकारी दिइएको छैन | चिनियाँ कम्पनीहरुले धेरै फोन पहिला चिनियाँ बजारमा सार्वजनिक गरेपछि मात्र  विश्वबजारमा लिन्छन् |

सन् २०१९ मा कम्पनीले रेड्मीको फ्लागसिप सिरिजका रुपमा के सिरिज सुरु गरेको थियो। यसमा केट्वान्टी र प्रो मोडल अहिले बजारमा बिक्री भइरहेका छन्। यो सिरिजका फोन नेपाली बजारमा पनि लोकप्रीय बनेका कम्पनीले जानकारी दिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!