आगोले मात्र बिगार्न सक्ने यस्तो छ स्मार्टफोन, कति पर्छ मूल्य ?

Posted on: 08 Dec, 2019

मंसिर २२, एजेन्सी | ७१ वर्षीय रोबार्टो एस्कोबरले सार्वजनिक गरेको गोल्डेन कलरको फोल्ड गर्न मिल्ने फोनलाई आगोले मात्र बिगार्न  सक्छ | ‘ड्रग्सका भगवान्’ नामले परिचित पाब्लो एस्कोबरका दाजुले उक्त  स्मार्टफोन सार्वजनिक गरेका हुन् | जसको नाम  एस्कोबार फोल्ड १ दिइएको छ | गोल्डेन कलरको यो फोनलाई फोल्ड गर्न समेत मिल्नेछ |


कम्पनी ‘एस्कोबार इङ्क’ का प्रमुख  कार्यकारी अधिकृत गुस्ताफसनले सिएनएनसँग बताए अनुसार फोनको स्किरिन फुट्ने छैन जुन प्लाष्टिकले बनेको छ | यो स्मार्टफोन बजारको सबैभन्दा टिकाउ स्क्रिन भएको उनले दाबी गरेका छन् | जसको मूल्य रहेको छ ३४९ डलरबाट शुरु हुन्छ | यसलाई नष्ट गर्ने वा फुटाउने एक मात्र तरिका आगोमा जलाए हुन्छ उनले भनेका छन् | र प्रायः मोबाइल प्रयोगकर्ताको फोन आगोमा नपर्ने उनको दाबि छ |

 १९८४ मा रोबार्टोले उक्त कम्पनि स्थापना गरेका हुन् | भाइ जसरी नै रोबर्टो पनि ड्रग्सको मुद्दामा १० वर्ष जेल परिसकेका छन् | जेलबाट छुटेपछि उनले आफ्नो व्यवसाय सुरु गरेका थिए | १९९३ मा जेलमा भएको बम हमलापछि सुन्न र देख्नमा केही समस्या रहेका रोबर्टो अहिले सामसङ ग्यालेक्सी फोल्डको मार्गमा हिँड्ने सपना देखिरहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!