तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा (पदक तालिकासहित )

Posted on: 09 Dec, 2019

मङ्सिर २३, काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । 

आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । 

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् । 

साग पदक तालिका 

देश स्वर्ण कास्य रजत जम्मा

भारत १३१ ७७ ४० २४८

नेपाल ४५ ४४ ७५ १६४

श्रीलङ्का ३४ ६६ ९३ १९३

पाकिस्तान २८ ३४ ४३ १०५

बङ्गलादेश २८ ६६ १०२

माल्दिभ्स

भूटान

यस बिषयमा तपाइको प्रतिक्रिया...!