एप्पलले अहिलेसम्मकै सस्तो आइफोन ल्याउदै, कति पर्छ मूल्य ?

Posted on: 10 Dec, 2019

मंसिर २४, एजेन्सी | एप्पलले अहिले सम्मकै सस्तो मूल्यको आइफोन बजारमा ल्याउने बताएको छ | नयाँ डिभाइसको डिजाइन भने आइफोन ८ को जस्तै हुने बताइएको छ | जसको  डिजाइन भने आइफोन ११ सिरिजबाट प्रभावित हुने जनाइएको छ |

एप्पलले सन् २०१७ मा आइफोन ८ बजारमा ल्यायए पछि उसले एकैचोटी आइफोन एक्स लञ्च गर्‍यो | एप्पलको आगामी सस्तो मोडेलको आइफोनको नाम आइफोन एसइटू हुने बताए पनि पछिल्लो खबर अनुसार एप्पलले आइफोन नाइनकै नामबाट नयाँ संस्करणको सस्तो मूल्यको आइफोन बनाउन लागेको हो | 

अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाइए अनुसार जसको ४.७ इन्चको एलसिडी डिस्प्ले हुनेछ | र टच आइडीको साथमा होम बटन तथा निकै पातलो भेजल्स रहनेछ | यसमा ३.५ एमएमको हेडफोन ज्याक भने नहुने बताइएको छ |

सस्तो मुल्यमा आइफोन चलाउन चाहने प्रयोगकर्तालाई लक्षित गरी एप्पलले आइफोन नाइन बजारमा ल्याउन लागेको बताइएको छ | उक्त आइफोनमा ३ जिबीको र्याम र ६४ वा १२८ जिबीको इन्टर्नल मेमोरी उपलब्ध हुने बताइएको छ |

यसको सुरुवाती मूल्य ३ सय ९९ डलर तोकिने र सन् २०२० को पहिलो त्रैमासिक भित्र सार्वजनिक हुने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!